म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । देशभर छरिएका छन्त्यालबासीको उपस्थितीमा भएको महाधिवेशनमा गृहमन्त्री बालकृष्ण खाँडले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताउनुभएको छ । उहाँले नेपालका आदीबासीले तराईदेखि हिमालसम्मको सीमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाको रुपमा भूमिका खेलेको बताउनुभयो ।
नेपालको दुर्गम र बिशिष्ट भूभागमा उल्लेख्य बसोबास रहेको छन्त्याल समुदायको अधिकारको रक्षा र कला संस्कृतिको सरक्षणमा सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । छन्त्याल समुदायको पुख्र्यौली पेशा खानी उत्खनन् रहेको उल्लेख गर्दै उहाँले खानी उत्खनन् गर्दा स्थानीयबासीको मर्म र भावना बुझेर मात्रै अघि बढ्नु उचित हुने धारणा राख्नुभयो ।
नेपाल भुगोलको रुपमा सानो रहेपनि संस्कृति, धर्म, भाषा, भुगोल र जातिय विविधता रहेको उल्लेख गर्दै विविधताको संयोजनले नै राष्ट्रियताको संवद्र्धन गर्ने धारणा राख्नुभयो । उहाँले हिमालको फेदीसम्म बसोबास रहेको छन्त्याल समुदायको पहिचानको रक्षा र संवद्र्धनको लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
मौलिक पर्वहरुमा सरकारले विदा दिएको उल्लेख गर्दै उक्त विदालाई आफ्नो भाषा, संस्कृति, परम्पराको संरक्षण र संवद्र्धनका लागि राष्ट्रिय पर्वको रूपमा मनाउन आह्वान गर्नुभयो । सोही अवसरमा आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदीवासीको हकहितको संरक्षणमा ध्यान दिन अनुरोध गर्नुभयो ।
बेनीमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको अवसरमा बेनीमा छन्त्याल समुदायको पहिचान र संस्कृति झल्कने झाँकी सहित बजार परिक्रममा गरिएको छ । महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ । उद्घाटन कार्यक्रममा भाग लिन आएका छन्त्याल समुदायका सयाँैको सख्ंयामा बेनीमा झाँकी प्रदर्शन गरिएको हो ।
‘अस्थित्व, मौलिक पहिचान र अधिकारको लागि हाम्रो आन्दोलन।’ ऐतिहासिक छन्त्याल स्वायत्त क्षेत्रको पक्षमा सातौ राष्ट्रिय महाधिवेशन भन्ने मुल नाराका साथ आयोजित महाधिवेशनको बन्द सत्रमा विभिन्न ११ जिल्लाबाट आएका ३५० बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी संघका अध्यक्ष मोहन छन्त्यालले बताउनुभयो ।
बागलुङ र म्याग्दी जिल्लाका क्षेत्र÷इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणनाअनुसार छन्त्यालहरू ४३ जिल्लाहरूमा रहेको देखिन्छ। छन्त्याल जातिको आफ्नो छुट्टै मौलिक संस्कृति, भाषा, धर्म, परम्परा, चालचलन, रीतिरिवाज, जीवनपद्धति र प्रथा रहेकाले प्राचिनकालको महत्वका बारेमा नयाँ पुस्तालाई जानकारी गराउने गरी थप नयाँ योजना बनाउने समेत संघले जनाएको छ ।
छन्त्याल जातिमा १२ थरहरू रहेका छन्ःखड्का, घर्ती, घरब्जा, घ्याप्चन, झिङ्राजा, डाँडामारे, तथप्जा, पुराने, पोत्लाङ्गे, बुढाथोकी, भलञ्जा र सिङ्ग रहेका छन्।छन्त्याल भाषा भोट–बर्मेली परिवारमा पर्दछ।