लोग सुख के लिए हरदम लालयित तो रहते है
मगर यहँ नहीं जानते सुख क्या और कहाँ है । – अज्ञात
अर्थात् दुनियाँ सुखका लागि हरदम लालायित त रहन्छन् तर यो जान्दैनन् कि सुख के हो र कहाँ छ । मलाई लाग्छ रति सुख सेवा अनि कल्याणमा छ मोती सुख अध्यात्ममा छ । सेवा र कल्याणबाट प्राप्त हुने रति सुख पनि मोती सुखकै एक हिस्सा हो । यसर्थ सेवामा रमाउने व्यक्तिहरुमा पनि धेरै थोरै अध्यात्मको सुगन्ध हुन्छ । यस्ता सुगन्धले पनि समाजलाई उत्प्रेरणा दिइरहेको हुन्छ । यहाँ यस्तै उत्प्रेरणाका स्रोत हुन् छक प्रसाद पाईजा ।
उहाँको जन्म पिता कुलवीर पाईजा तथा माता गौमति पाईजाको कोखबाट एक्लो छोराको रुपमा वि.सं. २००६ साल माघ १५ गतेका दिनमा साविक बिम गा.वि.स. वडा नं. ६ डाँडागाउँ भन्ने ठाउँ हाल मालिका गाउँपासिलका ७ बिम गाउँमा भएको हो । छकप्रसाद पाईजा सानै उमेरदेखि नै निकै चलाख निडर एवम् हक्की स्वभावका व्यक्ति थिए । उहाँले आफ्नो प्रारम्भिक शिक्षा बिम गाउँको देवी मन्दिर परिसरमा (सुल्धारा मास्टर) नामले चिनिने स्वर्गीय जितप्रसाद जुग्जालीकोृ शिक्षणमा भर्ना भई सामान्य शिक्षा हासिल गरेका सामान्य व्यक्ति हुन् ।
हुन त अहिले समाजमा व्याप्त शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार विखण्डन फैलाउने मुख्यत तथाकथित शिक्षित व्यक्तिहरु नै हुन् । अशिक्षित व्यक्तिहरुले समाजको अहित गरेको त्यति देखिँदैन । शिक्षाले मनुष्यको अज्ञानता दूर गरेको वा उसलाई दयावान, शिलवान्, निष्ठावान्, चरित्रवान् अझ संवेदनशील वा जिम्मेवार नागरिक बनाएको पाइँदैन ।
बरु उल्टै उसलाई अति व्यक्तिवादी अहंकारी, ढोंगी र महत्वकांक्षी बनाउँदै लगेको देखिन्छ । शैक्षिक डिग्रीको प्रमाणपत्र शोषण र मूर्खताहरुको व्यवहार गर्न दिइएको प्रमाणपत्र जस्तो भएको छ । यसकारण अशिक्षा मूल समस्या होइन, मनुष्यको मूल समस्या नै अज्ञानता, अविवेक अनि व्यक्तिगत सोचाई हो । यस्ता रोगहरुको औषधी ध्यानमा छ अध्यात्ममाछ ।
संसारमा धेरै कम व्यक्तिहरुको अन्तरमा सामाजिक सेवाभाव जागेको हुन्छ ।त्यस्ता व्यक्तिहरुमध्येका एक व्यक्ति हुन् छकप्रसाद पाईजा । वि.सं. २०३१ सालतिर तत्कालीन गाउँ पञ्चायत दरबाङ्गबाट सदस्य पदमा निर्वाचित भएका पाईजाले बिम गाउँमा झोलुङ्गेपुल, खानेपानी योजना, हुलाकचौकी जस्ता विकास योजनाहरुमा उल्लखनीय निर्वाह गर्दै दरबाङ्ग गा.पं.स.बाट अलग गरी बिम गा.पं.स. बनाउने रचनात्मक रणनीतिका रचनाकार श्री रत्नप्रसाद पुन हुनुहुन्छ उहाँकै प्रमुख सारथी बन्नु भएको थियो ।नविन जुग्जाली
जुझारु स्वभावका पाईजाले प्रसिद्ध मालिका धार्मिक तीर्थस्थल दुःखु गाउँसँग विवादमा तानिएपछि निरन्तर रुपमा स्वाभिमानको लडाई लडिरहे । राज्यमा संघीय राज्य प्रणालीको अवधारणा आएपश्चात् बिम दुःखु एउटै गाउँपालिका बन्न पुग्यो । यसपछि भने यो विवाद मत्थर हुँदै गयो ।
वि.सं. २०६८ सालमा बिम, दरबाङ्ग, पाखापानीको सहभागितामा मालिका विकास संरक्षण समिति गठन गरियो । उक्त संरक्षण समितिका अध्यक्ष भएका पाईजाले मालिका मन्दिरको स्तरोन्नति एवम् पदमार्ग पूर्वाधार विकासका लागि मालिकादेवीको आस्था र श्रद्धामा पूर्ण रुपले समर्पित भई कर्मवीर बनेका थिए ।
प्रेम इंसानोको भी इंसान बना देता है
प्रेम पत्थरोको भी भगवान बना देता है ।
छकप्रसाद पाईजाको आफ्नो मातृभूमिप्रति जति प्रेम थियो त्यो भन्दा ज्यादा देवीदेवता र र ईश्वरप्रति प्रगाढ प्रेम थियो । फलस्वरुप तुलनात्मक रुपमा पहिलेको मालिका भन्दा अहिलेको मालिका सुविधायुसक्त एवम् सुन्दर पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ । बहुआयामिक क्षमताका धनी व्यक्तित्व छकप्रसाद पाईजा कुशल वक्ता हुनुका साथै पुराना संस्कार एवम् संस्कृतिमा पनि उत्तिकै जानकार हुनुहुन्छ ।
जस्तैः–
गौ हो लक्ष्मी कामधेनु गाई
गैजा प¥यो वनैमा
सपनाको विचारले
छुट्यो लरी वनैमा
सिरमा लाउने सिरफूल
आम्मै राजाले बेचि खायो
त्यसैले राजाको आशा छैन मलाई
यदि जाम माईतको देशमा । (सोरठी टुक्का)
पन्ध्र दिनको औंसी पूर्णी
वर्षको दिनको तीज
कहिले माया फालाफाल
कहिले माया चीज । (यानीमाया गीत टुक्का)
अहिलेसम्म सामाजिक सेवामा क्रियाशील रहेका पाईजा प्रभुचेला ध्यानाश्रम तदर्थ समिति बिमका सल्लाहकार सदस्य समेत हुनुहुन्छ । जिन्दगीमा महान हुने चेष्टा कहिल्यै राख्नु भएन । बरु राम्रा कामहरु भने गरिरहे । आखिर निष्काम कर्म गर्नु नै महानता हो । अंग्रेजीमा एउटा भनाई छ ।
बेनी साप्ताहिक समाचारपत्रबाट साभार