२५ प्रतिशत म्याग्देली स्वास्थ्य बीमाको पहुँचमा

0
20

गुणस्तरीय र सर्वसुलब स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचको सुनिश्चित गदैं उपचार खर्चमा नागरिकको वित्तिय सुरक्षा प्रदान गर्ने विगत आधादशक देखि म्याग्दीमा लागु भएको स्वास्थ्य बीमा सेवामा कुल जनसंख्याको करिब २२ प्रतिशत नागरिकले सेवा लिएका छन् ।

नागरिकलाई विभिन्न रोगको उपचारमा आर्थिक भार कम गर्न ल्याइएको कार्यक्रममा म्याग्दीका ६ वटै स्थानीय तहमा २४ हजार ६२३ जनाले सेवा लिएका छन् । जुन जिल्लाको कुल १ लाख १२ हजार जनसंख्याको २१.९० प्रतिशत हो । बि.स २०७२ साल चैत्र २५ गते देखि सुरू भएको कार्यक्रममा ९ हजार ५४ घरधुरीले सेवा लिएको स्वास्थ्य बीमा बोर्ड म्याग्दी शाखाका प्रमुख उपेन्द्र बरालले बताए।

जिल्लामा सेबा लिइरहेकाहरू मध्ये ७३ प्रतिशतले नविरकण गरेका छन्। जिल्लाभर ४ हजार ३७४ ज्येष्ठ नागरिक,एचआईभी संक्रमति २४ जना,अशक्त तथा अपाङ्ग ८१ जना टिबी रोगी १ जना र महिला स्वास्थ्य स्वयंमसेविका १ सय ४४ जना रहेका छन् । ज्येष्ठ नागरिक,अति अशक्त अपाङ्ग, निको नहुने रोगका बिरामीलाई सतप्रतिशत निशुल्क हुने भएपनि धेरैजसो कार्यक्रमको पहुँचसम्म आउन नसकेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा गराउनेमा पुरुष भन्दा महिला बढी छन । स्वास्थ्य बीमा बोर्ड म्याग्दी शाखाका अनुसार बेनी नगरपालिकामा १२ हजार १० जना,अन्नपूर्ण गाउँपालिकामा १७ सय ५० जना, रघुगंगामा २६ सय ६९ जना, मंगला गापामा २ हजार ८ सय ८१ जना, मालिका गापामा ३९ सय ३ जना र धवलागिरी गापामा १४ सय १० जनाको स्वास्थ्य बीमा गरिएको छ । जिल्लामा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ र बेनी अस्पतालबाट मात्र बीमितले स्वास्थ्य उपचार सेवा पाउने गरेका छन । अस्पताल नभएका स्थानीय तहमा बीमाका सेवाग्राहीको संख्या पनि कम रहेको छ ।