म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दी जेसीजको आयोजनामा जारी अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा बुद्ध एकेडेमी र न्यु वेष्ट प्वाईन्ट विद्यालय प्रवेश गरेका छन् ।
बेनीको खुल्लामञ्चमा जारी शुक्रबार भएको क्वाटरफाईनलमा बेनी बोडिङलाई बुद्ध एकेडेमीले शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने डर्निङ बोडिङ बावियाचौरलाई न्यु वेष्ट प्वाईन्ट विद्यालयले शुन्यका विरुद्ध २ गोल गर्दै सेमिफाईन प्रवेश गरेको म्याग्दी जेसिजले जनाएको छ ।
सेमिफाईनल प्रवेशका लागि शनिबार म्याग्दी एकेडेमी भर्सेस केवी एकेडेमी र बालमन्दिर आधारभूत विद्यालय र किसानी मावि धारापानी विच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक कुमार बानियाँले बताए। शनिबार क्वाटरफाइनलको एक खेल र सेमिफाइनलको खेल सञ्चालन हुने छ भने आइतबार फाइनल खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिताको मुख्य प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ। प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता रहेको थियो ।