म्याग्दी मिडिया सोसाइटीको अध्यक्षमा कमल खत्री सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । शुक्रवार म्याग्दीको पर्यटकीय स्थल टोड्केमा आयोजित संस्थाको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट खत्रीको अध्यक्षतामा नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा हरिकृष्ण गौतम, सचिबमा अमित विश्वकर्मा, कोषाध्यक्षमा कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य र सहसचिबमा राकेश शर्का चयन हुनुभएको छ। त्यसैगरि सदस्यहरुमा सन्तोष गौतम, धिरन खत्री, साधन राम्जाली मगर, सुदर्शनकुमार श्रेष्ठ र निर्मल खत्री रहेका छन् ।
वि.स.२०७४ मा म्याग्दीमा श्रमजिवि पत्रकारहरुद्धारा सञ्चालित सञ्चार माध्यम तथा जिल्लामा रहेका अन्य सञ्चार माध्ययमको व्यवस्थापकिय भूमिकामा रहेका श्रमजिवि पत्रकारहरु आबद्ध सोसाइटीले जिल्लामा स्थानीय तह र सरकारी कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम मार्फत परिचालन, सार्वजनिक सुनुवाइ, सञ्चार क्षेत्रसंग सम्बन्धित बृत्तचित्र निर्माण, पत्रकारिता तालिम सञ्चालन, पत्रकार अवलोकन भ्रमण लगायतका कार्यहरु गर्दै आएको छ ।
साधारण सभाको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जा, टोड्के हिल रिसोर्टका सञ्चालक भिम शेरचनले क्रियाशिल पत्रकारहरु आबद्ध म्याग्दी मिडिया सोसाईटीको अग्रसरतामा ग्रामिण भेगसम्म पुगेर लुकेर रेहका सम्भावनाहरुको खोजी र उत्थानमा दिएको योगदानको रचनात्मक रहेको बताए ।
नेपाल पत्रकार महासंघका जिल्ला सचिब एवम् प्रेस सेन्टर गण्डकी प्रदेशका प्रथम सचिब सन्तोष गौतमले शुभकामना मन्तव्य गरेका थिए । संस्थाका सचिब विश्वकर्माले प्रगति र कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोसाईटीले स्थापना गरेको रु रु. दुई लाख पाँच हजारको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा र प्रताप बानिया सम्मानित भइसक्नुभएको छ ।
प्रत्येक बर्ष दश प्रतिशतका दरले पुरस्कारको राशी बढाउने गरिएको छ। यसैगरी संस्थामा आवद्ध पत्रकारहरुको स्वास्थ्य बिमा गरेको छ । समस्यामा परेका पत्रकारहरुलाई आपतकालिक कोषको ब्याजबाट नगद सहयोग गरेको छ । अधिबेशनको अवसरमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, स्थानीय सञ्चार माध्यमको सवलीकरण र पर्यटन प्रर्वद्धन सम्बन्धी छ बुँदे टोड्के घोषणापत्र जारी गरेको छ ।