कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति तथा सविधानसभा सदस्य रेशमबहादुर बानियाँले प्रचारप्रसार अभियानलाई तिब्रता दिएका छन् । महाधिवेशनको मिति नजिकदैं गएपछि बानियाँले ७ वटै प्रदेशमा चुनावी प्रचारप्रसार सहित टोली परिचालन गरेका छन् ।

गण्डकी प्रदेशको अधिवेशन सकिएपछि काठमाण्डौ केन्द्रीत भेटघाट सहित अभियानमा जुट्नुभएका बानियाँले सातवटै प्रदेशमा सम्पन्न भएको अधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिलाई आफ्नो अजेण्डा सहित उम्मेदवारीका बारेमा जानकारी समेत गराइसकेको चुनावी प्रचारप्रसार टिमका सदस्य सुजन बरुवालले बताए ।

बानियाँ संस्थापन इतरका वरिष्ठा नेता रामचन्द्र निकट भएपनि संस्थापन पक्षका प्रतिनिधिहरुले समेत सहयोगको प्रतिबद्धता जनाएपछि सहज भएको छ । ‘माहोल राम्रो छ, यसपटक केन्द्रमा म्याग्दीले प्रतिनिधित्व पाउनेमा ढुक्क छौ’ बानियाँ जिताउ अभियानका सदस्य एवम् महाधिवेशन प्रतिनिधि बिक्रम बोगटीले भने ।

बि.स २०३६ सालमा भएको जनमत संग्रहबाट कलिलै उमेरमा राजनीतिमा होमिएका बानियाँ २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए । २०४७ सालमा गठन भएको कांग्रेस जिल्ला तर्दथ समितिको सहसचिव, नेविसंघ जिल्ला सभापति, केन्द्रिय सदस्य हुदै २५ बर्षको कलिलै उमेरमा अर्थुङ्गे गाविसको अध्यक्षमा समेत निर्वाचित भएका बानियाँले पार्टीमा दुई कार्यकाल सचिब, दुई कार्यकाल उपसभापति हुदै एक कार्यकाल पार्टीको जिल्ला सभापतिको नेतृत्व समेत गरेका छन् ।

म्याग्दीमा हालै सम्पन्न जिल्ला अधिवेशनबाट नेता बानियाँ संस्थापन र इतर समुहको साझा उम्मेदवारको रुपमा महाधिवेशन प्रतिनिधि छनौट गरेका थिए । केन्द्रीय महाधिवेशन यही मंसिर २४,२५, र २६ गते काठमाडौंमा हुनेछ ।

Leave a Reply