बेनी नगरपालिका-३,भकिम्लीमा आयोजित एक सांस्कृतिक कार्यक्रममा यूवा गायक प्रकाश दुतराजको प्रस्तुतीमा दर्शक रमाए । हिमचुली स्पोट्स क्लवले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सम्भवत अहिलेसम्मकै सबैभन्दा धेरै दर्शकले एकैपटक दुतरातको प्रस्तुती हेरे ।

कार्यक्रमस्थलमा खचाखच दर्शकलाई दुतरातले आफ्ना प्रस्तुतीको साथमा माहोल तताउँन सफल भए । पछिल्लो समय लोकप्रिय कलाकारको रुपमा स्थापित दुतराज म्याग्दीका विभिन्न बस्तीमा पुग्दा पाएको न्यानो स्वागतले निकै उत्साहित छन् । स्रोता–दर्शकको मागले नै दुतराजले तोकेको पारिश्रमिक समेत तिर्न आयोजक बाध्य छन् । सहरबजार देखि गाउँसम्म हुने कार्यक्रममा अहिले उनको खोजी हुने गरेको छ ।

दशैंतिहार यता म्याग्दीमा धेरै मेलाको आयोजना भएपनि दुतराजले आफ््ना अनुकुल अनुसार जम्मा ७ वटामा सहभागी भए। उनी उपस्थित भएको मेलाहरूमा दर्शकको उपस्थितीले आयोजन समेत उत्साहित भए । दुतराजका गीतलाई स्रोता–दर्शकले रुचाउँने भएकाले सबैतिर खोजी भएपनि आफ्नै जन्मभूमि म्याग्दीमा आयोजना हुने कार्यक्रममा अन्य जिल्लाको तुलनामा महंगो पारिश्रमिक दिदैनन् ।

कलाकारलाई सित्तैमा प्रस्तुती दिनुपर्यो, यातायात र सामान्य सुविधा छ भन्दै केहीबर्ष अगाडी फोन गर्ने आयोजकहरूले अहिले तपाईको रेट मा तयार छौ भन्दै फोन गर्ने गरेको दुतराजको भनाई छ । ‘अहिले धेरै ब्यस्त भइयो,‘काठमाण्डौमा पनि छिर्ने हुदैन्, स्थापित कलाकारहरुले समेत प्रस्तुतीमा रुचाउनुहुन्छ’ दुतराजले बेनीअनलाइनलाई भने ।

उनले आफ्नो मेहनतका कारण यो स्थानमा आएको बताउँदै अझै धेरै गर्न बाँकी रहेको बताए । उनले जन्मभूमि म्याग्दीका कार्यक्रमहरुमा सकेसम्म धेरै सहभागी हुने बताए । मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका प्रकाश दुतराजको पछिल्लो जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’ बोलको गीत अहिले बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा झुण्डिएको छ ।

साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरी गीतहरू पस्किने भएकाले पनि मेलाहरुमा बृद्धबृद्धासम्म पुग्ने गरेका छन ।

‘बैनी झ्यालैमा‘’, ‘घर कता हो बैनीको‘’ हुँदै ‘जाम भो माइली‘’ बाट आफ्नो रचना र गायन क्षमतालाई प्रमाणित गरिसकेका छन् । उनको पछिल्लो जाम भो माइली गीत यूटुवमा ८० लाखभन्दा बढी हेरिएको छ । करिब करोडको क्लवमा ुग्दै गरेको अवस्थामा नेपालमा चल्तीका कलाकारको परिचय समेत बनाइसकेका छन् ।

Leave a Reply