मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)को विरोध गर्न नेपाल मजदुर किसान पार्टीको टोली म्याग्दीमा आएको छ । भक्तपुर लगायतका जिल्लाबाट आएका नेता तथा कार्यकर्ताले शुक्रबार बिहान सदरमुकाम बेनीबजार परिक्रमा गरेको थियो। जुलुसमा सहभागीहरुले एमसीसी चाहिँदैन, नेपाललाई रणभूमि बनाउन पाइँदैन लगायतका नारा लगाएका थिए। उनीहरुले बसपार्कमा केहीबेर कोणसभा पनि गरेका थिए।
कोणसभामा नेमकिपाका केन्द्रिय सदस्य सुरेन्द्रराज गोसाईले एमसिसी सम्झौता नेपालको सार्वभैमिकता, राष्ट्रिय अखण्डता बिरुद्धको सम्झौता भएको भन्दै खारेजि गर्न माग गरे ।नेपालमा कुनैपनि वाहानमा बैदेशिक हस्तक्षेप स्वीकार्य नहुने भन्दै एमसिसी सम्झौताको बिरोधमा सबै नेपाली एक हुनुपर्ने सन्देश सहित देशभरी कार्यक्रम गरिएको बताए ।
सम्झौता खारेजीको लागि नेपाली जनताहरु एकबद्ध रहनुपर्ने सन्देश पाएको समेत उनको भनाई छ । विरोधसभामा सहभागी नेताले इन्डो प्यासेफिक रणनीति अन्र्तगत आएको एमसिसी सम्झौता नेपालमा अमेरिकी सेना प्रवेशको मार्ग भएको बताउँदै देशभरबाट एकैपटक आन्दोलन गरी उक्त प्रस्तावलाई खारेज गर्नुपर्ने बताए ।