म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाँमा शनिबार नेकपा माओवादी केन्द्र र उसको भातृ संगठन वाइसीएलको टोल कमिटि गठन भएको छ । राजु गुरुङ्गको अध्यक्षतामा माओवादी केन्द्रको २५ सदस्यीय र यामबहादुर
थापाको अध्यक्षतामा वाइसीएलको २३ सदस्यीय टोल कमिटि गठन भएको हो ।
माओवादी केन्द्रको टोल कमिटीको सचिबमा नन्दकुमारी गुरुङ, सदस्यहरुमा प्रेमकुमारी गुरुङ, पुर्णकली गुरुङ, सुमित्रा गुरुङ, कोपिला गुरुङ, जमुना गुरुङ लगायत चयन हुनुभएको छ । वाइसीएलको टोल कमिटिका उपाध्यक्षमा मनोज गुरुङ,थमबहादुर गुरुङ सचिब, धनमाया श्रेष्ठ उपसचिब, सकबहादुर गुरुङ कोषाध्यक्ष
रहनुभएको छ ।
वाइसीएलका वडा कमिटी अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता, माओवादी केन्द्रको स्थानीय नेता तेजबहादुर बानियाको सञ्चालन र वडा कमिटीका अध्यक्ष अणबहादुर
खड्का (भगवान)कोको बिशेष उपस्थितिमा भएको भेलामा माओवादी केन्द्रका
जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले नेपाल माओवादीको एजेण्डामा चलेकोबताउनुभयो । “माओवादीको एजेण्डा अनुसार संघीय ब्यवस्था लागू भएपछि पहिले दश÷बीस
लाख बजेट आउने ठाउँमा अहिले करोड भन्दा बढी बजेट आएर बिकासले गति
लिएको छ,” उहाँले भन्नुभयो “महिला, जनजाती, दलित समुदायलाई बिकासको मुल धारमा ल्याउन समावेशीको एजेण्डा माओवादीको हो ।”