म्याग्दीमा कोरोना संक्रमणदर निरन्तर उकालो लाग्न थालेपछि शुक्रबार संक्रिय संक्रमतिको संख्या २ सय पुगेको छ । जिल्लाको ग्रामिण क्षेत्रमा दैनिकजसो कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि स्थिर अवस्थाको रहेको संक्रमति पछिल्ला दिनमा ह्वात्तै बढेको हो ।

शुक्रबार थप १५ जनामा कोरोना संक्रमणको पुष्टि भएकोमा पिसिआर विधिबाट मंगलामा ३ जना र अन्नपूर्ण गाउँपालिकामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा १२ जना संक्रमति थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितभन्दा निको हुनेको संख्या पछिल्लो समय घट्दै गएको छ । शुक्रबार ५ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् । जारी निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यको मापदण्डको पूर्णरुपमा पालना भएको छैन् ।

सरकारी निकायदेखि सर्वसाधारणको हेलचेक्रयाईं अत्यधिक बढेको समेत पाइएको छ भने बाहिरी जिल्लाबाट आउनेहरुमा समेत नियमत हुन सकेको छैन् । सदरमुकाम बेनीबजार सहित जिल्लाका सबै सानाठूला ब्यापारिक केन्द्रमा आवतजावत बाक्लिँदै गएको छ । जसकारण भौतिक दूरी कायम हुन सकेको छैन। संक्रमण जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पूर्णतः कार्यान्वयनमा जोड दिइएको छ ।

Leave a Reply