यसको प्रयोग बढ्न थालेपछि सिरहामा यसको माग ह्वातै बढेको छ । कसैले दिनमा एकपटक त कसैले सांँझ–बिहान दुईपटक खाने गरेका छन् । आयुर्वेदिक चिकित्सकका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराइड भएका बिरामीलाई निकै फाइदा गर्छ ।
रोग–प्रतिरोधात्मक शक्ति बढाउने भएकाले धेरैले यसको सेवन गर्न थालेको बताइएको छ ।असन्तुलित खानपान, जीवनशैलीलगायतका कारण दिन–प्रतिदिन रोगीको संख्या बढ्दै गएका बेला गुर्जोको उपयोगिता बढ्न थालेको छ । समान्य रुघाखोकीदेखि मधुमेह, उच्च रक्तचाप, मुटुरोगी लगायतका लागि गुर्जो सञ्जीवनी बुटी मानिने गरिन्छ ।
हाम्रो स्वस्थ जीवनको अनुपम पाठशाला त हाम्रै घर, आँगन, रनबन र भान्छाकोठा नै रहेछ । जब अभाव हुँदो रहेछ, बल्ल हामी खोज्न थाल्दा रहेछौँ । कोरोना महामारीमा हामीले गुर्जो खोज्दै गरेको घटनाक्रमले पनि यो आचरणलाई प्रस्ट पार्छ। पश्चिमा क्याप्सुलको खेती गरियो तर गुर्जोको खेती गरिएन । आज आफ्नै माटो सुहाउँदो पद्धतिको आवश्यकता बढेको छ ।– शोभा रत्न, काठमाडौं ।