????????????????????????????????????

म्याग्दी र पर्वतको सिमानामा पर्ने ठुलो पहिरोमा बाँध राख्ने गरी निर्माणको तयारीमा रहेको बेनी कालीगण्डकी जलविद्यूत आयोजनाले कालिगण्डकी नदी, सदरमुकाम बेनी आसपासको क्षेत्रलाई असर गर्ने भएकाले यथास्थितीमा निर्माण कार्य अगाडी बढाउन दिन नहुने सरोकारवालाहरुले सुझाब दिएका छन्।

विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको यस आयोजनाको प्रस्तावित बाँध स्थल परिवर्तन नभएसम्म निर्माणको लागि अनुमती नदिन बेनी नगरपालिकालाई जिल्लाका सरोकारवालाहरुले सुझाब दिएका हुन् ।

विद्युत विकास विभागले नगरपालिकालाई आयोजनाको निर्माणका लागि सहमती दिन पत्राचार गरेपछि नगरपालिकाले मंगलवार जिल्लाका सरोकारवालाहरुबाट सुझाब संकलनको क्रममा कालिगण्डकी नदी, बेनीबजार र पर्वतबेनीको भविस्यलाई नै खतरामा पार्ने गरी आयोजनाको प्रक्रिया अगाडी बढाउन नहुने भन्दै बाँधस्थल परिवर्तन आवश्यक रहेको बताए ।

भेलाले आयोजनाको बाँध राहुघाट जलविद्युत आयोजनाको आउटलेट भन्दा माथि तिल्केनीमा राख्ने र कालिगण्डकीको २० प्रतिशत र रघुगंगाको सतप्रतिशत पानिलाई छाडेर मात्रै विद्युत उत्पादन गर्ने सर्तमा मात्रै आयोजना निर्माणको लागि सहमती दिन नगरपालिका कार्यपालिकालाई सुझाब दिएको छ ।

सरोकारवालाहरुको भेलाले दिएको सुझाबलाई नगरकार्यपालिकाको बैठकमा राखिने र विद्युत विकास विभागलाई नगरकार्यपालिकाको बैठकको निर्णय सहित पत्राचार गरिने प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले जानकारी दिए।

भेलामा सहभागीहरुले रघुगंगा र कालीगण्डकी नदिको दोभानदेखि तल र बेनी बजारदेखि माथि बाँध राखेर विद्यूत उत्पादन गरेमा यसले बेनी, पर्वतको बगरफाँट, वारीवेनी लगायतका क्षेत्रको जनजिवनलाई प्रत्येक्ष प्रभाब पार्ने चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले प्रस्तावित बाँधले कालिगण्डकी जलाधारको बस्तीलाई नै प्रत्येक्ष असर पु¥याउने भएकाले डिजाइन परिवर्तन गर्नुपर्ने बताए ।

बेनी बजार क्षेत्रको सम्भ्यता, जनजिवन र जिल्लाकै सदरमुकामलाई गुमाएर जलविद्यूत आयोजना बन्न नहुने भन्दै उहाँले म्याग्दीले दिएको विकल्प सहितको सुझाबलाई आत्मसाथ गर्न विभागलाई आफ्नो तर्फबाट समेत रचनात्मक दबाब दिने बताए ।

कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, राप्रपा नेपालका अध्यक्ष विरबहादुर थापा, नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठ, लगायत सरोकारवाला र जनप्रतिनिधिहरुले स्थानीयको चाहना र भावना अनुसार बाँधलाई माथि सारेर वातावरणीय क्षति कम हुने सुनिश्चित गरेर मात्रै आयोजनालाई सहमती दिनुपर्नेमा जोड दिएका थिए ।

यस अघि पनि नगरपालिकाले विभागलाई अहिले प्रस्ताब गरिएकै ठाउँमा बाँध राख्ने गरि आयोजना निर्माण नगर्न आग्रह सहित पत्राचार गरेको र सरोकारवालाहरुको सुझाबलाई समावेश गरि थप विकल्प सहित कार्यपालिका बैठकबाट निर्णय गरि विभागको ध्यानकर्षण गराउने नगरप्रमुख हरिकृष्ण श्रेष्ठले जानकारी दिए । यस अघि पनि प्रभावीत क्षेत्रका अगुवाहरुले बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध स्थानान्तरणको माग गरेका थिए ।

कालीगण्डकी नदी सुकाउँदा तापक्रम वृद्धी हुने र बजार क्षेत्रमा प्रदुषण बढ्ने खतरा भएकाले हाल प्रस्तावित भन्दा करिब डेढ किलोमिटर माथि राहुघाट र कालिगण्डकीको दोभान छेउमा रहने रघुगंगा जलविद्यूतको आउटलेट भन्दा माथि कालिगण्डकी नदिमा बाँध बनाउँदा उपयुक्त हुने सरोकारवालाहरुको सुझाब छ ।

सहभागीहरुले तल बाँध रहँदा कालिगण्डकीको सबै पानी सुकाएर लैजाने जोखिम रहेकाले रघुगंगा नदिको सतप्रतिशत र कालिगण्डकी नदिको कम्तीमा २० प्रतिशत पानी नियमित रुपमा छाड्नुपर्नेमा जोड दिएका थिए । गलेश्वर मन्दिर भन्दा १.२ किलोमिटर तल बेनपा ८ र जलजला गाउँपालिका २ को सिमानामा बाँध निर्माण गरि तीन हजार ५३७ मिटर लामो सुरुङबाट पानी लगेर जलजला ४ मा पर्ने शेराफाँटमा रहने विद्युतगृहमा खसालेर विद्युत निकाल्ने गरि विभागले आयोजनाको प्रस्ताब गरेको छ ।

रन अफ द रिभर प्रकृतिको यस आयोजनाका लागि तीन मिटर अग्लो र ९० मिटर लम्बाईको बाँध रहने प्रस्तावित यस आयोजनाको ग्रस हेड ९४.८३ मिटर अग्लो छ । आठ अरब बीस करोड सात लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनको स्विकृतिको लागि प्रभावित क्षेत्रका स्थानीय तहहरुबाट विभागले सहमती खोजेको छ । राकेश शर्मा

Leave a Reply