मौलिकता को जरो उखेल्दै तिज नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुकको रुपमा परिचित छ। सृष्टिको उत्पत्ति र विकास क्रममा जव मानिस को उत्पत्ति र विकास भयो सोहि समय र स्थान विशेषमा विभिन्न परम्परा को सुरुवात भयो र ति परम्परा हरुलाई तत् क्षेत्रमा चासो राख्ने अगुवाहरुले सभ्यता र संस्कृतिको रूपमा विकास गर्दै लगेको मान्न सकिन्छ, यो खासमा धर्म होईन दर्शन हो।
धर्म के हो र दर्शन के हो भन्ने वारे बहस गर्न सकिन्छ, धर्म प्रकृति हो, धर्म लक्ष हो, धर्म स्थुल छ भने दर्शन दृष्टिकोण हो, दर्शन मार्ग हो र दर्शन जडमा आधारित हुन्छ, यो प्रसंग यहीं छोडौं। विभिन्न परम्पराहरू मान्यता र सस्कारको रुपमा विकसित हुँदै जादा विभिन्न कालखण्डमा विश्वका विभिन्न भूगोलवाट नेपाल मण्डलमा प्रवेश गरेका मानवजाति मा त्यसको प्रभाव देखिनु कुनै नौलौ मान्नु आवश्यक छैन।
स्मरण रहोस नेपाल मण्डलमा कुनैपनी मानवजातिको उत्पत्तिको प्रमाण पाईदैन, ढिलो चाडों मात्र हो सवै जातजाती अन्यत्रै वाट नेपाल प्रवेश गरेका हुन्। नेपालमा १०३ भन्दा बढी जातजातिको अस्तित्व छर १२४ वढी भाषाहरू अस्तित्व मा रहेका छन् । यसमा सबैभन्दा धेरै १५ प्रतिशत जनसंख्या भएको क्षेत्रीदेखि १६४ जना मात्र रहेको कुसुण्डा समेत पर्दछन्। वर्गीकरणको आधारमा हेर्ने हो भने चाहिँ देशको ठूलो संख्यामा आदिवासी जनजाति अनि त्यसपछि खस-ब्राह्मण, मधेसी, दलित एवं अन्य अल्पसंख्यक समुदाय पर्छन्। १०३ जातजाति का आ-आफ्नै संस्कार र परम्परा रहेको मुलुकमा सास्कृतिक विविधता रहन्छ नै।
तर ति संस्कृति हरु जून मुल्य र मान्यता वोकेन स्थापित भएका थिए सोही मान्यतामा विद्दमान छन् वा मौलिकता को मर्म कुण्ठित नहुने गरी परिमार्जित छन् वा विकृत हुदैं गैरहेका छन् यो मुख्य हो। नेपालमा मनाईने ठूला चाडपर्वहरू दशैं तिहार हरितालिका छठ… आदि हुन् ।
पछिल्ला दिनहरुमा जून चाडपर्वहरूमा विकृति ले प्रश्रय पाउदै गए ति चाडपर्व विस्तारित हुँदै आएको र जुन चाडपर्व लाई परम्परागत मान्यता मा आधारित भएर मनाउन खोजियो ति चाडपर्वहरू खुम्चदै साघुरिदै गएको अवस्था छ। नेपालमा मनाईने चाडपर्वहरू धार्मिक रूपले हिन्दू प्रधान छन् र जातिय रुपले आर्य प्रधान छन् भन्ने आरोप लाग्ने गरेको छ।
यो आरोपका कारण आफुलाई अग्रगामी देखाउन, साम्प्रदायिकता लाई प्रश्रय दिन दशैं तिहार जस्ता चाडपर्व खुम्चिदै गएका छन् भने परम्परागत रूपमा हिन्दू नारीहरूले सुयोग्य वरको मनोकामना, विवाहित महिलाले पतिको दीर्घायुको कामना सहित सुख-समृद्धि को कामनाका साथ उपासना गर्ने र उपासना गर्नु अघिल्लो दिन लामो समय भेटघाट हुन नपाएका छोरी चेली माइती मा जम्मा भएर जे भएको मीठोचोखो खाई पिरवेथा वेदना वा खुसी साटासाट गर्ने मौलिक परम्परा रहेको हरितालिका विकृत हुदैं जादा यो पर्व ले भने विस्तार हुने अवसर पाएको छ।
धार्मिक आस्था नैतिक मूल्य मा आधारित हुन्छ, कसैले मेरो वच्चा सुयोग्य वनोस भने कामना गर्छ भने सोहिअनुसारको आचरण प्रस्तुत गरिएको हुनुपर्छ र त्यो सम्भावना रहन्छ धार्मिक आस्था र विश्वास पनि यहि मान्यतामा आधारित हुन्छ।तर हरितालिका पछिल्लो समय आफ्नो मौलिकता भूलेर वरालिएको छ, ३दिन मनाउने परम्परा गत तिज ३३ दिन हल्ला गर्न थालिएको छ, वेदना वा खुसी साट्ने गितहरु छाडा र उत्तेजना फैलाउदै छन् ।
सात्विक भोजन तामसी मा परिणत भएको छ, तिज मनाउन माइती जान छोडेर डिस्को क्लव र डान्स बारमा जान थालिएको छ र यसले मौलिकता विर्सेको हुदा ब्यापकता पाउदै छ। ब्यापकता पाउनु त्यो बेला उपयुक्त मान्न सकिन्थ्यो जतिवेला तिजले मौलिकता छाडेको हुदैनथ्यो। त्यसैले हाल जे विकृत बन्दैछ त्यसले ब्यापकता पाउने जे सस्कारीक छ त्यो खुम्चिदै जाने गरेको छ भन्नुपर्ने अवस्था आएको छ।
भोलि को बेवास्ता गरी भल्गरता पस्कन तिजलाई माध्यम नवनाएको भए, तामसी भोजन गर्न तिजलाई नरोजेको भए, रातको १२/१ बजे सम्म नसामा अनियन्त्रित वनी समाजीक मर्यादा नराखी पोखिन तिजलाई नरोजेको भए यो सास्कृतिक स्विकार्य वनिरहन सक्थ्यो तर तिजका सवैजसो गतिविधि छाडा उच्सृङखल र अतिउपभोग मा पुगेकोले यो घृणित बन्दै गएको छ। यस्तो ब्यापकता पक्कै स्विकार्य हुदैन, यतातर्फ सम्बन्धित सवै ले चासो राख्ने की। २०७७/०४/०८