अविरल वर्षासँगै आएको पहिरोले मालिका गाउँपालिका–७,बिमको अवस्था अस्तव्यस्त बनेको थियो । पहिरोमा बेपत्ता भएको खोजीकार्यमा जुट्ने अवस्था नै थिएन् । छिमेकी धवलागिरी गाउँपालिका–६ मराङका विभिन्न बस्तीहरूमा समेत बेपत्ताको शुक्रबार नै उद्धारको सम्भावना भएन् । पहिरोको सूचना पाएलगत्तै प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माको नेतृत्वमा प्रहरीको टोली बिम तर्फ प्रस्थान गर्यो । बेनीबाट पश्चिम म्याग्दीको दरबाङ नै पुग्न प्रहरीको टोलीलाई हम्मेहम्मे भयो ।दर्जनौ ठाउँमा अवरुद्ध भएको सडकमा जोखिम मोल्दै प्रहरीको टोली बिमसम्म पुग्न धेरै जंगलहरुमा डोरीको सहायता लिनुपर्यो । प्रहरी गाउँमा पुगेपछि तत्कालै उद्धारमा खटिए । घटनास्थलमा बेपत्ता भएका ८ जनाको शब निकालेर प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी आफन्तको जिम्मा लगायो । ‘बिमसम्म पुग्नै धेरै समस्या झेल्नुपर्यो, हामीले जंगलमा डोरीको सहयोगमा त्यहाँसम्म पुगेर फर्कियौं’ प्रहरी निरिक्षक शर्माले बेनीअनलाइनलाई भन्नुभयो ।उहाँका अनुसार घटनास्थलमा एकै परिवारको शब निकाल्द आसँु झरेको बताउँदै थप शब निकाल्दा मन नै छियाछिया भएजस्तै भएको बताउनुभयो । त्यस्तै छिमेकी धवलागिरीको मराङमा समेत प्रहरीले नेपाली सेना, शसस्त्र प्रहरीको सहयोगमा उद्धारमा सक्रिय भएको थियो । उद्धार गरी सुरक्षित स्थानमा सार्ने, प्रहरीसँगै सँगै नेपाली सेना पनि तैनाथ रहेका थिए । पहिरोबाट बाँच्छु भन्ने आशा मरिसकेकाहरुलाई उद्धार गरी सुरक्षित ठाउँमा ल्याउन समुदायसँगै प्रहरीले जोखिम मोलेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो । ‘विपत्तिमा हाम्रो चिन्ता भनेको आफ्नो होइन, भएको स्रोत साधनको उपयोग गरेर जुनसुकै जोखिम लिएर भने पनि मानिसको जीवन जोगाउनु हो,‘अझैपनि समुदायसँगै जोखिम मोलेर उद्धार र पुर्नस्थापनमा जुटेका छौ’ प्रनाउ कुँवरले भन्नुभयो ।
उद्धारपछि पटकपटक सुरक्षाकर्मीलाई धन्यवाद प्रकट समेत भएको भन्दै समुदायलाई आगामी दिनमा स्थानान्तर गरेपछि पनि प्रहरीले पुर्नस्थापनमा सघाउने बताउनुभयो । घरसँगै पुरिएकालाई स्थानीय उपलब्ध साधनस्रोतको प्रयोग गरी उद्धार गर्ने प्रहरीसँगविशेष उपकरण नभए पनि समुदायसँग मिलेर उद्धारका कार्यलाई जारी राखेको प्रहरीको भनाई छ ।
सुरक्षाकर्मी सहित स्थानीय जनप्रतिनिधि, समुदाय पहिरोस्थलमा अहोरात्र खटेर जीवित उद्धारका साथै घरभित्रै पुरिएर मृत्यु भएकाको शव निकाल्ने र पीडितको राहत तथा पुनःस्थापनाका लागि अतुलनीय सहयोग जारी राखेका छन् । गत शुक्रबार गएको बाढीपहिरोमा परेर म्याग्दीमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये आज थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको छ ।