लुकिछिपी  मंगला गाउँपालिका–४ दुर्दी आएका एक यूवालाई  क्वारेन्टाइनमा राखिएको छ । चितवनको पर्सा भन्ने ठाउ बाट आएर गाउँमा बसेको जानकारी पाएपछि यूवालाई १४ दिनका लागि मंगला मावि बावियाचौरको क्वारेन्टाइनमा राखिएको नेपाल यूथ काउन्सिल बरंजा प्रतिनिधि हरि कँडेलले बेनीअनलाइनलाई बताए।

‘बाहिरी जिल्लाबाट आएकालाई खवर गर्न पटकपटक अनुरोध गरेका छौ,‘लुकिछिपी आउनेलाई खोजीखोजी क्वारेन्टाइनमा राख्ने गरिएको छ’ उनले भने । त्यस्तै गत जेठ ८ गते काजकृर्याका लागि चितवनको टाँडी गएर फर्किएका तीनजनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

चितवनबाट गाउँ फर्किएपछि स्वंयमसेवकको सम्पर्कमा आएका तीनै जनालाई सामाजिक दुरी कायम गर्ने गरी घरमा कम्तिमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कोरोनाको संक्रमण फैलिएका जिल्लाबाट गाउँमा प्रवेश गर्नेलाई विगतमा समेत स्वयमसेवक सहितको टोलीले क्वारेन्टाइनमा राख्ने गरेको थियो । गाउँमा अपरिचित मान्छे प्रवेश गरेमा तुरुन्तै सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । लकडाउनको अवधीमा छिमेकी बागलुङ सहिज देशका विभिन्न जिल्लाबाट आएकालाई खोजी–खोजी क्यारेन्टाइनमा राखिएको मंगला गाउँपालिकाले जनाएको छ ।

Leave a Reply