बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई रोक्न बागलुङमा तत्कालका लागि तरकारी आयातमा रोक लगाइएपछि यहाँका किसान हर्षित छन्। स्थानीयवासीले उत्पादन गरेको जैविक तरकारी कुहिने र भारत तथा तराईका जिल्लाबाट भित्रिने तरकारीले बजार पाउने अवस्था भए पनि बन्दाबन्दीमा तरकारी आयात रोकिँदा आफूले उत्पादन गर्दै आएको तरकारीले राम्रो बजार पाउन सफल भएको बागलुङ नगरपालिका–३ कृषिगाउँका कृषक गङ्गा थापाले बताए। बन्दाबन्दीअघि तरकारीले बजार कम पाउँथ्यो, पाए पनि मूल्य थोरै पर्दथ्यो, थापाले भने, भारत तथा तराईको तरकारी आउन छाडेपछि बागलुङ बजारका उपभोक्ता कृषि फार्ममै तरकारी खरिदका लागि आउने गरेका छन्। कृषक थापाले २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। उनले राहुल कृषि विकास फान्र्म दर्ता गरेर च्याउखेतीसमेत विस्तार गर्दै आएका छ। झण्डै २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएका थापा बजारवासीलाई बन्दाबन्दीको समयमा जैविक तरकारी खुवाउन पाएकामा खुशी छन्। बागलुङमा पर्वत, म्याग्दीबाहेकका जिल्लाबाट तरकारी तथा फलफूल भित्र्याउन रोक लगाइएपछि स्थानीय तरकारीले राम्रो मूल्य पाउन थालेको हो। बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त बैठकले दुई हप्ताअघि मात्रै बन्दाबन्दीमा तरकारी तथा फलफूलबाट कोरोना सङ्क्रमण आउन सक्ने भन्दै तत्कालका लागि तरकारी तथा फलफूल आयातमा रोक लगाउने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेललले जानकारी दिए। तरकारी आयात रोकिएपछि स्थानीयरूपमा उत्पाति र बजार नजिक रहेका कृषि फार्मले उत्पादन गरेको जैविक तरकारीले राम्रो बजारभाउ पाए पनि बन्दाबन्दीमा जिल्लाका दुर्गम गाउँमा उत्पादित तरकारीले ढुवानीमा समस्या हुँदा बजार पाउन सकेको छैन।[rev_slider alias=”garima-hor”][/rev_slider]