१६ बर्ष अघिको त्यो भयावह रात अझै पनि बेनीबासीहरुको मानसपटलबाट मेटिइसकेको छैन । कलकल बग्ने कालीगण्डकी र म्याग्दी नदीको संगमथलो बेनी बजारलाई विगतको भिषण भिडन्तले नराम्रो झट्का बेहोर्नुप¥यो । माओवादी युद्धको चरमोत्कर्षका बेला दुई नदीको भेट हुने एउटा सुन्दर बजार बेनीमा विद्रोहीहरुको आक्रमणको निसानामा प¥यो ।
०६० चैत ७ गते राति बेनीमा त्रासको विजारोपण भयो र ध्वंसको तीतो इतिहास रचियो । तीसको दशकमा मन छन्त्यालले गाएको “बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल” को सौन्दर्य पनि बेनी आक्रमण सँगै मेटिएको आभास म्याग्दीबासीलाई नभएको होइन ।
त्यही बेनी भीडन्तको प्रमाणका रुपमा रहेको युद्धपोल ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा छ । सयौं गोली लागेर छियाछिया भएको बिजुलीको पोल नजिकै भित्तामा अंग्रेजी र नेपालीमा पोलको बारेमा लेखिएको विवरणहरू छन् ।
त्यो चैत ७ को भिडन्तलाई तत्कालिन माओवादीका नेताले बर्गसघर्षको क्रममा भएको उच्च विरताका रुपमा चित्रण गर्ने गरेका छन् भने नेपाली कांग्रेसका नेताहरुले भौतिक र मानवीय क्षती हुने गरी भएको कालो दिनको रुपमा चर्चा गर्ने गरेका छन् ।
तत्कालिन माओवादीले जनयूद्धको नाममा गरेको शसस्त्र यूद्धको डेढ एकदशक पुरा भइसक्दा समेत अझै बहस र चर्चा हुने गरेको छ । १६ बर्ष अगाडी चैत्र ७ गते राती माओवादीले चारैतीरबाट घेरेर गरेको आक्रमण गरेको थियो । आक्रमणको योजनाकार पासाङ हाल उपराष्ट्रपति भएका छन् भने सर्वोच्च कमाण्डर प्रचण्ड नेकपाका अध्यक्ष छन् ।
बेनी आक्रमणमा राज्य र विद्रोही पक्षबाट १ सय १६ जनाले ज्यान गुमाउनुका साथै अरवौ मुल्य बराबारको भौतिक सम्पती नष्ट भएको थियो । यूद्धको क्रममा अपाङ भएकाहरूको घाउँ अझै बल्झिने गरेको छ । राज्य र विद्राोही पक्षको आक्रमणमा परेका सर्वसाधारणले युद्धको अवस्था सहज रुपमा अझै ब्याख्या गर्न सक्दैनन् । चैत्र ७ गते राती ११ बजे देखि चलेको युद्ध ८ गते दिउँसो ३ बजेसम्म जारी थियो। मध्यरातमा हुने माओवादी आक्रमणलाई म्याग्देली जनताले दिउँसै हेरे ।
आक्रमणलाई माओवादी र राज्य पक्षले आफ्नो विजय भएको दावी गरेपनि नेपाली सेनाको तत्कालिन कालिप्रसाद गण बाहेक सबै माओवादीले कब्जा गर्न सफल भयो । आक्रमणपछि माओवादीले तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली, प्रहरी नायव उपरिक्षक रणबहादुर गौतम सहित प्रहरीलाई कब्जामा लिएको थियो । माओवादीका नेता चन्द्रप्रसाद खनाल, नेत्रविक्रम चन्द, नन्दकिसोर पासाङ लगाएतको नेतृत्वमा भएको आक्रमण भएको थियो ।
माओवादीले उक्त आक्रमणमा सहकमाण्डार बहुविर लगाएत भिडन्त र उपचारका क्रममा १ सय २५ जना आफ्ना योद्धा गुमाएको र करिव ५ सय कार्यकर्ता घाईते भएको स्वीकार गरेको छ भने नेपाली सेना र प्रहरी सहित ४० जना सर्वसाधारणको मृत्यु भएको राष्ट्रिय मानवअधिकार आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ । माओवादीले राज्य पक्षतर्फ पनि ठुलो हताहती भएको बताउँदै प्राविधिक पक्ष केही कमजोर भएपनि समग्रमा आक्रमण सफल भएको दावी अझै गरिरहेको छ ।
आक्रमणमा माओवादीले नेपाली सेना र प्रहरीबाट १ सय ५० थान हतियार लुटेको थियो भने पहिलोपटक आफुँले प्रयोग गर्दै आइरहेको चर्चित एके ४७ हतियार सहित केही आधुनिक हतियार गुमाएको थियो । आक्रमणपछि माओवादीलाई लक्षित गरेर सेनाले जथाभावि बम फाल्दा सर्वसाधारणको मृत्यु भएको थियो ।
आक्रमणमा जिविसका कार्यालय सहयोगी झलक भनिन् योगेन्द्र गैरे, बावियौचार गाविसका दलबहादुर गुरूङ, गंगा बुढाथोकी, क्रस फायरिङमा परी पुलाचौरका मोहन बानियाँ, दाना गाविसका अनिल फगामी, निस्कोट गाविसका चित्रबहादुर पुन र सोमबहादुर विक, सेनाको हवाई आक्रमणमा पुलाचौरका फौदबहादुर दर्जी, सुर्य दर्जी, ठेगाने दर्जी, खम्बे दर्जी र सुन्तले दर्जीको ज्यामरुककोटको खवरामा एकै ठाउँमा मृत्यु भएको थियो।
सोही स्थानमा ज्यामरुककोटकाी लक्ष्मी कार्कीको समेत ज्यान गएको थियो । त्यस्तै भिडन्तमा भगवती गाविसका यामलाल शर्मा, ठक्करे दर्जी, गोरीगर्बुजा, अर्थुङेका झिल्के सार्की, पर्वत लेकफाँटका दिलबहादुर अर्मजा, बागलुङका टिका गैर र हेमलाल केसीको समेत ज्यान गएको थियो ।
माओवादीले जिल्ला प्रशासन, जिल्ला अदालत, जिविस, प्रहरी कार्यालय सहित सबैजसो सरकारी कार्यालयमा आगजनी गरेका थिए । माओवादीको १० बर्षे जनयुद्धको क्रममा म्याग्दी जिल्लामा ९६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बेनी आक्रमणको १६ बर्ष पुगिसक्दा समेत धेरै यूद्धमा होमिएकाहरुको निरास छन् भने सर्वसाधारणको समेत पिडादायी अवस्था छ ।
राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएकाहरुको परिवारलाई समान्य राहत बाहेक दिर्घकालिन सुविधा सहितको रोजगारको ब्यवस्था छैन् । यसैबीच माओवादी जनयूद्धलाई शान्ति प्रक्रियामा रुपान्तरणको निर्णायक भूमिका खेल्ने नेपाली कांग्रेसका पूर्व सभापति लोकतान्त्रिक आन्दोलनका मुख्य पात्र गिरिजा प्रसाद कोइरालाको १० औ स्मृति दिवस समेत आजै हो ।
माओवादीको बेनी आक्रणममा अपेक्षा गरे अनुसारको सफलता प्राप्त नगरेपछि शान्ति प्रक्रियामा आउन दवाव मिलेको समेत विश्लेषकहरु बताउँछन् । शान्ति प्रक्रियाको बाटो नरोजेको भए माओवादीको आन्दोलन नै विर्सजन हुने अवस्थामा रहेको माओवादी नेताहरुले नै बेला बेलामा स्वीकार गर्ने गरेका छन्।बेनी आक्रमणपछिका उपलब्धी
बेनी आक्रमणमा माओवादीले प्रयाप्त हतियारहरु लुट्न पाएनन् । सेनाको ब्यारेकमा समेत पूर्ण रुपमा कब्जा जमाउन असफल भए । माओवादीले पहिलोपटक अत्याधुनिक एके ४७ हतियार प्रयोग गरेको खुलासा समेत बेनी आक्रमणबाटै भएको थियो । आक्रमणमा उक्त हतियार नै माओवादीले गुमाएको थियो ।
आक्रमणको दुइवर्ष पछाडी भारतमा भएको तत्कालिन माओवादी र काँग्रेस, एमाले लगाएतका ७ राजनीतिक दल विचको बाह्र बुँदे सहमतिपछि देशमा देखिएको शान्तिको वातावरणबाट म्याग्देली जनता उत्साहित भएका थिए । ६२÷६३को जनआन्दोलनमा संसदीय दलसँगै माओवादीले समेत सर्मथन जनाएको थियो ।माओवादीले ग्रामिण क्षेत्रबाट जनतालाई आन्दोलनमा सहभागिता गराइरहेको थियो ।
जनयुद्धमा चिसिएको सम्बन्धलाई राजनीतिक दल र माओवादीले सुधार गर्दै सहकार्यको अभियानमा लागे । जसको फल स्वरुव पहिलो संविधान सभाको निर्वाचन समेत सम्पन्न भयो । पहिलो संविधान सभाको निर्वाचनमा हाल नेकपा एमाले र माओवादीको पार्टी एकता पछि बनेको नेकपाका अध्यक्ष गोविन्द पौडेलले माओवादीको तर्फबाट उम्मेदवार बनेर २३ हजार मत ल्याएर विजय प्राप्त गरे। संसदीय ब्यवस्था स्वीकार गरेको माओवादी र अन्य राजनीतिक दल विच जिल्लाका महत्वपुर्ण एजेण्डामा सहमति हुदै गयो ।
दोस्रो संविधान सभामा माओवादीका उम्मेदवारले ६ हजार मत पनि ल्याउन सकेनन् भने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा माओवादी र एमालेका उम्मेदवार विजय भए । बेनी आक्रमणले माओवादीको जनयूद्धलाई राजनीतिक सहमतिमा ल्याउन एउटा आधार बनाएको थियो ।
त्यस्तै विभिन्न चरणमा राज्यले द्वन्द्वपीडितलाई करिव ४ करोड राहत समेत वितरण गरेको थियो भने तालिमरु समेत सञ्चालन गरिएका थिए । युद्धको क्रममा मृत्युवरण गरेका ९५ जना, १ जना बेपत्ता, कैद हिरासतबाट २३ जना, घाईते, अपाङता ३१ जना, जिवन निर्वाह भत्ता ५ जना, टुहुरा बालबालिकालाई भत्ता, सम्पत्ती क्षती भएका ७० जना मध्ये ५ जना र विस्थापितलाई कित्ताबन्दीमा रकम उपलब्ध गराइएको थियो ।
शान्ति संग्रालयको चर्चा मात्रै
तत्कालिन माओवादी र राज्यको यूद्धका कारण सत्र हजार नेपालीको मृत्यु भयो । तत्कालिन यूद्धको क्रममा भएका अवशेसहरु मुस्किलले भेटिने गरेको अवस्थामा पोल एउटा साँक्षीको रुपमा रहेको छ । युद्धका अवशेसहरु बिस्तारै हराउँदै जान थालेको बेलामा नयाँ पुस्ता र विदेशीलाई यूद्ध संग्रालयमार्फत आर्कषित गर्न सकिने ऐतिहासिक महत्व बोकेको पोलका बारेमा सामाजिक सञ्जालमा बेलाबेलामा फाइरल समेत हुने गरेको छ । बेनीमा यूद्धका साम्रागीलाई समेटेर ‘शान्ति संग्रहालय’ बनाउने चर्चामै सिमित भएको छ ।
बेनीबजारबाट रातारात गायव गरिएको पोल फिर्ता ल्याउने चर्चा धेरै भएपनि प्रगती सुन्य जस्तै छ । पोललाई बेनीमा ल्याएर सहिद स्मारक बनाउने, लभ्लीहिलमा संग्रालय बनाउने जस्ता योजना बनाइएपनि बेनी नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमार्फत प्रभावकारी पहल हुन सकेको छैन् ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक मार्फत गृहमन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरको ध्यानकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाइएको थियो । आक्रमणको क्रममा भेटिएका बन्दुक लगायतका दस्तावेजहरुसंग्रह गरेर भावी पुस्तालाई जानकारी दिने र यूद्ध संग्रालयको प्रचार गर्न सकेमा बेनी घुम्न आउने एउटा मुख्य आर्कषण बन्ने पर्यटन क्षेत्रका जानकाहरु बताउँछन् ।
लडाइँका चिन्ह र अवशेषहरुलाई जोगाएर राखिएमा जिल्लामा नयाँ किसिमका पर्यटकहरु भित्रिन सक्ने भएकाले पनि पहल गर्नुपर्ने सरोकारवाला निकाय नै मौन छन् । म्याग्दीका धेरै बस्तीहरुलाई समेटेर गुरिल्ला पदमार्ग समेत बनाइएको अवस्थामा बेनी आसपासका क्षेत्रमा पोल सहित यूद्धका बास्तविकतामा आधारित नयाँ संरचना, अलपत्र र बिग्रिएका हतियारहरु भण्डारन, आक्रमणका क्रममा लिइएको तस्वीहरुको प्रर्दशनी लगायतका कार्यहरु अगाडी बढाउन पहल गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकको घुम्ने आउने आधार बन्ने थियो ।