एजेन्सी । सामाजिक संजाल सबै मानव जीवनको अति आवश्यक हिस्सा बन्दै गएको छ । प्रायजसो एक छिन समय हुने बितिकै सामजिक संजालमा व्यस्त हुन पुग्छ । सामाजिक संजाल फेसबुक, इन्सटाग्राम, ट्विटर लगाएतमा झुन्डिरहेको देखिन्छ ।
आजकल मान्छमा सामाजिक संजाल एडिक जस्तै बन्न थालिसकेको छ । कसैले यो सोचेको छैन की त्यसले स्वस्थमा कती असर गरिरहेको छ भन्ने कुरा । समय खेर गएको पनि थाहा नै हुदैन । कोठाको कुनै एक कुनामा गएर सामाजिक संजालमा हराउने प्राय जसो मानिसहरुको बानि विकास भैसकेपछि त्यसलाई त्याग्न कठिन हुन्छ ।
सामाजिक संजाल धेरै पुराना भने होइन । यसले असर गर्ने कुराको पनि अनुसन्धान भएको छ । अनुसन्धानको नतिजामा पुग्न ठीक नभए पनि यसबाट केही इसार भने मिल्न सक्न बीबीसीमा उल्लेख गरेको छ । लगातार फेसबुक चलाउने या हेर्ने गर्दा त्यो ब्यक्तिमा नकारत्मक भावको उत्पन्न हुन्छ भन्ने प्रमान गर्न नसके पनि लगातार फेसबुकमा बस्नेहरु आफूलाइ राम्रो अथवा राम्री देखाउनको लागि चिन्तित रहने बीबीसीले लेखेको छ ।
सामाजिक मिडियामा अरुले राम्रो तस्वीर हालेको देखेर आफूलाई त्यो भन्दा कम सम्झन थाल्छन् । अरुको राम्रो तस्वीरले यस्तो असर गर्छ की जसले गर्दा व्यक्ति आफ्नै बारेमा नकरात्मक हुँदै जान्छ । सामाजिक संजालले फरक फरक असर पारिरहेको हुन्छ । यदि सामाजिक संजालमा फोटो पोस्ट गर्नको लागि फोटो सेल्फीको एडिक गरी दुनियाको सामु पेस गर्छन् । त्यसले मानसिक असर परिरहेको हुन्छ ।
सिडनीको मैक्वेरी यूनिभर्सिटीका जैस्मिन फार्दुले सामाजिक संजालको बारेमा अनुसन्धान गरेर भनेका छन् मान्छे आफ्नो तुलना इन्स्टाग्राममा अप्लोड गरेको तस्वीरसंग गर्न थाल्छन् । यस्तो मान्छेहरु प्राय आफूलाई कम मान्छन् । जैस्मनले यूनिभर्सिटीका २२७ छात्राहरुलाइै यस बारेमा प्रश्न गर्दा उनीहरुले आफ्नो वरपरका मान्छेहरुको तुलनामा आफूलाई कम सुन्दर पाउने गरेको बताएका छन् ।
सामाजिक संजालमा अरुलाई देखाउन कै लागि भएपनि तस्वीरलाई राम्रो बनाएर हाल्ने या राम्रो क्यमाराबाट फोटो लिएर राख्ने गरेको पाइन्छ । सामाजिक संजालमा राखेको केही तस्वीर रियल हुन्छ भने केही फेक पनि हुने गर्छ । देखाउन कै लागि पनि विभिन्न प्रकारको फोटो एडिटर एप्सको प्रयोग गरी गर्ने हुँदा यसले मान्छेको वास्तविक पन हराउछ ।
ब्रिटेनको ब्रिस्टाँल यूनिभर्सिटीकी एमी स्लेटरले सन २०१७ मा १६० जना छात्रासंग गरेकाे अनुसन्रधान जसले सामाजिक मिडियामा मात्र एक्सरसाइज गर्नेहरुका तस्वीरहरुले छात्रामा असर भएको देखेकाे छ । जसले प्रेरणा दिने खालको बयान पढ्यो जसमा ”तिमी जस्तो छौँ राम्रो’ भन्ने शब्दहरुले उक्त नकरात्मक असर कम भएको जनाएको छ । र आफ्नो शरिरला लिएर नराम्रो सिकार हुनबाट बच्न सफल भयो ।
यसै सालमा आएको अर्को अनुसन्धान १९५ युवा महिलालाई तारीफ गर्ने खालको पोस्ट देखाए । जसमध्ये केही महिला बिकनी लगाएको एक्सरसाइज खालको पोज दिएको तस्वीर दिखाएको थियो । राम्रो तस्वीरहरु दखाए । ती तस्वीरले राम्रो असर पार्यो र आफ्नै शरिरमा सन्तुस्ट भएको देखियो । उक्त अनुसन्धानले सामाजिक मिडियाको केही तस्वीरहरुले मान्छेमा राम्रो असर पनि गर्ने गरेको पत्ता लगाएको छ ।
बडी पोजेटिभ तस्वीरले मान्छेमा राम्रो असर छोड्यो यो पनि शरिमा नै जोडिएको हुन्छ । र यसले अर्को व्यक्तिलाई भने असर गरेको पाइन्छ । किन की युवतीहरु अफ्नो तुलना अरुसंग गरी आफैलाई कम या नराम्रो मान्न तिर लाग्छ । कसैले फोटोमा राम्रो कम्मेन्ट नगरेमा उनमा नराम्रो असर पर्न जान्छ ।पछिल्लो समय सेल्फी लिनेको चलन एकदमै बढेको छ । जहा पुग्यो त्यही ठाउँमा सेल्फी लिएर सामाजिक संजाल इन्स्टाग्राम या फेसबुकमा पोस्ट गरिहाल्छ ।
केहीले त फोटोलाई सजाएर पोस्ट गरेको पाइन्छ । टोरंटोको याँर्क यूनिभर्सिटीका जेनिफर मिल्सले सल्फीको शौकिनकोबीच प्रयोग गरेका छन् । उनले छात्राको एक समूहलाई आफ्नो तस्वीर फेसबुक या इन्स्टाग्राममा पोस्ट गर्नका लागि भनेका थिए । केही छात्रालाई केवल एक तस्वीर मात्र लिने अनुमति थियो । केहीलाई भने जति लिन मन छ त्यती नै लिन पाउने थियो । र उनीहरुले आफूले चाहे बनाउन सक्ने या इडिट गर्न सक्ने अनुमति पनि थियो ।
जेनिफर र उनको सहयोगिले देखे सेल्फी लिने धेरै जसो युवतीहरुलाई आफ्नो राम्रो पनमा भरोसा थिएन । जसलाई बनाउने अनुमति भएकाहरुलाई पनि आफूलाई कम ठानिरहेका थिए । उनीहरु अरु जस्तो राम्रो नभएकोमा चिन्तीत थिए । यस मध्य केही छात्राहरु भने आफ्नो तस्वीरमा कति लाइक पाउछ भन्ने चासो पनि देखिन्थ्यो । जेनिफरका अनुसार छात्राहरु आफ्नो तस्वीर राम्रो आयो की आएन भन्दै एक पछि अर्को गर्दै धेरै सेल्फी लिन तर्फ लाग्छन् ।
सन २०१७ आएको एक अनुसन्धानमा भनेको छ की जो मान्छे सेल्फी लिएपछि त्यसलाई बनाएर या इडिट गरेर अप्लोड गर्न बढी समय बिताउँछन् त्यो व्यक्तिमा आफैला लिएर कम आत्मविश्वासको सिकार बन्छ ।
बीबीसीकाे सहयाेगमा