लुलाङकी मुटुरोगी सञ्जुमायाँको उपचारमा याचना

(हरिकृष्ण गौतम)
जिल्लाको विकट लुलाङ–५ लमसुङकी सञ्जुमायाँ विकको उपचारमा सहयोग गरिदिन उनका परिवारले सहयोगको याचना गरेका छन् । दुई महिना अगाडी शरीरका दुख्न थालेपछि जिल्ला अस्पताल म्याग्दीमा भर्ना भएकी विकको मुटुमा समस्या देखिएपछि काठमाडौंस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएकी थिईन् ।

अस्पतालबाट डिर्चाज भएपछि पुनः भर्ना भएकी विकको अप्रेसन निशुल्क भएपनि यातायात सहितका आवश्यक खर्च जुटाउन समस्या भएको विककी आमा बुद्धिमायाँले बेनीअनलाइनलाई बताईन् । ‘घरमा भएको पैसा सकियो, गाउँबाट अस्पतालसम्म पुग्ने रकम जुटाउन मुस्किल भइरहेको छ’ उनले भनिन् । गत कात्तिक २६ गते शहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएर मंसिर १४ गते डिस्र्चाज भएकी विकको अनुहार सुन्निएको छ ।

अस्पतालले माघको पहिलो साता अप्रेसनको मिति तोकेपनि काठमाण्डौमा बस्ने आर्थिक नभएपछि घर फर्किएको परिवारको भनाई छ। लमसुङ माविमा कक्षा ६ मा अध्ययरत विकलाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले ब्यक्तिगत रुपमा ५ हजार सहयोगको घोषणा गरेका छन् । ३ छोरा र २ छोरी मध्ये विक जेठी छोरी हुन् ।

१५ बर्षमुनीका बालबालिकाको अप्रेसन निशुल्क हुने भएपनि नियमित चेकजाँच, काठमाण्डौमा खानेबस्ने लगाएतका खर्च हुने भएकाले सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई अनुरोध गरिएको छ । निम्न बर्गीय परिवारको उपचारमा सहयोग जु्टाइरहेको शान्ति कोषले विकको उपचारमा समेत सहज वातावरण बनाउने आवश्यक सहयोगको प्रतिबद्धता जनाएको छ ।

Name: Buddhi maya B.k
Telephone: 9818465161