हिस्तान दोसल्लेका गम बहादुरको दुवै मृगौलाले काम नगरेपछि सहयोगको याचना

दुवै मृगौलामा खरावी आएपछि म्याग्दीको हिस्तान–९ दोसल्लेका गम बहादुर पाईजा पुनले सहयोगको याचना गरेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको पुनको दुवै मृगौला खरावी भएपछि उपचाका आर्थिक अभाव भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई जिवन रक्षाको अपिल गरेका छन् । ‘मेरो दुवै मृगौलाले काम गरेको छैन। उपचारमा लाखौं खर्च हुने डाक्टरले बताएपछि समस्यामा परेको छु’ पुनले बेनीअनलाइनलाई भने ।
15554871_771702806321602_24796519_n
दुवै मृगौलामा खराबी देखिएपछि काठमाण्डौको ग्राण्डी अस्पतालमा भर्ना भएका पुनलाई चिकित्सकले मृगौला प्रत्यारोपणका लागि आवश्यक रकम जुटाएर अनुरोध गरेको पिडितकी श्रीमति टिका पाईजा पुनले बताईन् । उनका अनुसार नियमित उपचार संगै औषधी सेवन लगाएतमा ठुलो रकम खर्च हुने भएकाले सहयोगको आवश्यकता रहेको बताईन् ।
15435912_771702799654936_459757499_n
‘आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या भइरहेको छ । सबैको सानो सानो सहयोगबाट उपचार गर्ने योजना बनाएका छौ’ टिक पुनलाई उद्धित गदैं हिस्तानका गोपाल पुर्जा मगरले भने ।गाउँकै विपन्न परिवारमा पर्ने गम बहादुरको उपचारमा हिस्तानबाट स्वदेश तथा विदेशमा रहेका हिस्तानबासीलाई सहयोगको अपिल गरिएको छ । नियमित उपचार, औषधी सेवन तथा मृगौला प्रत्यारोपणका लागि आवश्यक सहयोग सङ्कmन अभियान समेत सुरु गरिएको छ । हरिकृष्ण गौतम