महायज्ञको पाँचौं दिनसम्म ५५ लाख सङ्कलन

बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित श्रीमद्भागवत् धनधान्याचल एवं पितृमोक्ष सप्ताह ज्ञान महायज्ञको पाँचौं दिन आइतबारसम्म झण्डै ५५ लाख रुपैयाँ सङ्कलन भएको छ । ‘सु–संस्कृत जीवनका लागि पितृमोक्ष एवं कुलवंश उद्धार’ भन्ने मूल नारासहित बानियाँहरुको कुलमन्दिर जालपादेवी भिरमुनीमा लगाइएको महायज्ञमा आजसम्म कुल ५४ लाख ९० हजार १ सय ५० रुपैयाँ सङ्कलन गरिएको हो ।
img_0035
महायज्ञको पाँचौं दिन सबैभन्दा धेरै बेनी नगरपालिका–११ भिरमुनीका भक्तबहादुर बानियाँले १ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरी सभानायक भएका छन् । यसैगरी बेनपा–६ का क्याप्टेन धर्मराज बानियाँले बानियाँले १ लाख ११ हजार १ सय ११ र पुलाडाँडाका नारायण बानियाँले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको आर्थिक सङ्कलन उपसमितिले जनाएको छ ।
img_00235
बानियाँ बन्धुको कुलवंश तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा बालव्यास पण्डित नारायप्रसाद न्यौपानेले सङ्कितमय कथावाचन र प्रवचन गरिरहेका छन् । मङ्गलबारसम्म चल्ने महायज्ञबाट सङ्कलित रकमले बानियाँहरुको कुलमन्दिरको पूनर्निर्माणका साथै पुलाचौर गाविसका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पदमार्ग निर्माण गरिने बताइएको छ । उक्त महायज्ञमा सामूहिक ब्रतबन्ध, तुलादानलगायतका धार्मिक कार्यहरु समेत भैरहेको छ ।
img_00324