सृष्टि र परिवर्तनको सेतु बनेको नयाँ वर्ष

12994332_1062233043822920_585123921470316043_nराजा विक्रमादित्यले सुरु गरेको विक्रम सम्वतको बैशाख १ गतेलाई नयाँ वर्ष आरम्भ भएको दिनका रुपमा उत्साह एवम् प्रगति गर्ने सङ्कल्प लिने प्रेरणादायी पर्वका रूपमा मनाइन्छ । प्रत्येक नयाँ वर्षले सृष्टिको भूतकाललाई वर्तमानकालसँग जोडेर हाम्रो जीवनलाई सरल र गतिशील बनाउने विश्वास गरिन्छ ।ऋतुविज्ञानका दृष्टिले ऋतुराज वसन्तमा नै वर्षको अन्त्य र नयाँवर्षको आरम्भ हुन्छ । यसैबेला प्रकृतिले पनि नयाँ शृङ्गार गर्छ । प्रत्येक वृक्षलता आदिले आफ्ना जीर्णशीर्ण पात आदि त्यागेर वर्षभरिका लागि नयाँ रूप धारण गरी नयाँ जन्म लिन्छन् ।

उज्जयिनीका राजाले आफ्नो राज्यारोहणका अवसरमा विक्रमादित्यको उपाधि ग्रहण गरेको र उनले नै पूर्वोक्त दिनदेखि इस्वी सन्भन्दा ५७ वर्षपूर्व विक्रम संवत्लाई प्रचलित गरी नेपाली संस्कृति (आर्य संस्कृति)लाई पुनःजीवित गरेको संस्कृत साहित्य र इतिहाँसका अध्यक्षता चन्द्रकान्त पौडेलले बताउनुभयो ।
चैत्रशुक्ल प्रतिपदाका दिनमा शकरी विक्रमादित्यको समयमा शकलाई विजय गरेको कुनै ऐतिहासिक घटना देखा नपर्ने, तर पनि नेपालका वंशावलीमा विक्रमादित्यले नेपालमा राज्य गरेको विवरण पाइन्छ,उहाँले भन्नुभयो–यसैदिन दुष्टको दमन गर्न र सज्जनको रक्षा गर्न विष्णुले मत्स्यावतार धारण गरेको र शिवले माता अन्नपूर्णलाई प्रणाम गरी ताण्डव नृत्यको पूर्वाभ्यास गरेको कथा शास्त्रमा उल्लेख पाइन्छ ।

newविक्रम संवत् सूर्यसंवत् भएकाले यसको प्राचीनता, वैज्ञानिकता र महत्ता स्वतः सिद्ध छ । यसका लागि ऐतिहासिक अभिलेख आवश्यक नरहेको स्वामी गोविन्दाचार्यले बताउनुभयो ।भारत सरकारबाट दोस्रो पाणिनीको उपाधिप्राप्त स्वामी गोविन्दाचार्यका अनुसार नेपालमा प्रचलित अन्य संवत्भन्दा विक्रमसंवत्लाई नै राष्ट्रिय संवत्का रूपमा मान्यता दिनाले पनि यो लोकप्रिय हुन गएको हो ।

मध्यभारतमा भर्तृहरिले दार्शनिक भएर राजा हुने इच्छा नदेखाएर उनका भाइ विक्रमादित्य सो प्रदेशको राजा हुने अवसर प्राप्त गरेपछि उनैले यो संवत् प्रारम्भ गरेको इतिहासमा उल्लेख गरिएको छ । विभिन्न समयमा विभिन्न राजाले आफ्ना नाममा संवत् प्रारम्भ गरेको भए पनि विक्रमसंवत् प्राचीन संवत् भएको तर्क उहाँको छ । उहाँले भारतवर्षमा यस संवत्लाई आर्यले धेरै ठूलो उत्सवका रूपमा मनाएको स्मरण गराउँदै धेरै पात्रा यही संवत्मा आधारित भएर निकालिएको हुँदा यो लोकप्रिय संवत् भएको बताउनुभयो । धु्रबसागर शर्मा