राजनीतिमा म्याग्दीले राज्यमन्त्री पायो, सांसद विचको एकता पाएन्

लगातारको प्राकृतिक विपत्तीले सकसपुर्ण बनेको म्याग्देलीको २०७२ सालमा राजनीतिक क्षेत्रमा केही आशा दिलाएपनि जनप्रतिनिधि विचको आवश्यक एकता भने देखिएन् ।राजनीतिक र केन्द्रमा पहुँच नभएको जिल्ला र राजनीतिक दल भनेर पटकपटक आरोप खेपिरहेको अवस्थामा म्याग्दीले लामो समयको अन्तरालपछि राज्यमन्त्री पायो । पुष १७ गते केपी शर्मा ओली नेतृत्वको सरकारले सांसद नरदेवी पुन पशुपंक्षी राज्यमन्त्रीको जिम्मेबारी पाएपछि राजनीतिकमा म्याग्दीले धौलागिरि अञ्चलबाटै महिला प्रतिनिधित्व पाएर राजनीतिकमा केन्द्रमा आफ्नो पहुँच देखाउने बर्षको रुपमा देखियो ।

timthumbतरपनि केन्द्रबाट अपेक्षा गरेअनुसारको बजेट भने जिल्लामा भित्रिएन् । सांसद विकास कोष मार्फत प्रत्यक्ष निर्वाचित सभाषदलाई आउने बजेट बाहेक जनताले देख्ने गरी ठुला बजेट जिल्लामा भित्राउन पशुपंक्षी विकास राज्यमन्त्री पुन, सांसद नवराज शर्मा र रेशम बहादुर बानियाँले सकेनन् । दोस्रो संविधान सभामा प्रत्यक्ष निर्वाचित बाहेक एमालेबाटै समानुपातिक र कांग्रेसको सिमित कोटा मध्येबाट बानियाँ ब्यवस्थापिका सांसदमा प्रतिनिधित्व गरेर जिल्लालाई केन्द्रको पहुँचमा पु¥याउन सफल भए ।

तर जिल्लाका प्रतिनिधिले एकजुट भएर आवश्यक क्षेत्रमा बजेटका लागि दवाव दिने सकेनन् । तीनजना सांसद एकैपटक जिल्लाको विकासका लागि कुनैपनि मन्त्रालयमा पुगेको म्याग्देली जनताले अनुभुति गर्न सकेनन् । काँंग्रेसका हुदाँ बानियाँको र एमालेको नेतृत्वमा शर्मा र पुनले भूमिका खेलेपनि सफल हुन सकेनन् । जिल्लाबाट डेलिगेन गएका संघसंस्थाले तीन सांसद संगै मन्त्रालयमा गएको देखियो । जिल्लास्तरमा हुने कार्यक्रममा प्रमुख अतिथि को बन्ने विवादमा अल्झिएका जनप्रतिनिधिले सांसद विकास कोषको बजेटलाई कनिका छरे जस्तै गरेर जनताको मन जित्ने प्रयास गरे ।

जिल्लामा आएको बजेट पनि कहाँ र कसले प्रयोग गर्ने भन्नेमै केन्द्रित भएर ०७२ सालले विदा लियो । प्रत्यक्ष निर्वाचित सांसदले प्राप्त गर्ने ५ करोड बजेटलाई पश्चिम म्याग्दीको दरवाङ हुदै मुदीको खाम्लासम्म पुग्ने मोटरबाटोमा छुट्टाएपछि सांसद शर्मालाई विभिन्न आरोप लाग्यो । कांग्रेस, एमाओवादीसंगै आफ्नै पार्टीबाट समेत आरोप खेप्न थालेपछि सांसद शर्माले त्यसलाई प्रष्टाउने प्रयास समेत गरे । एक निर्वाचन क्षेत्र भएपनि प्रत्यक्ष बाहेक समानुपातिक र मनोनितमा समेत जिल्लाले अवसर पाएपनि जिल्लाको विकासमा तीनजना एक ठाउँमा देखिएनन् । ०७२ मा जे जस्तो भएपनि नयाँ बर्ष ०७३ मा म्याग्देली जनताले जनप्रतिनिधि एकजुट हुनेमा आशाबादी छन् ।