समुन्द्रपारीको ०७२-प्रवासी म्याग्देलीलाई शोक धेरै, उत्साहको सुरूवात

०७२ लाई विदाईको तयारीमा रहेका प्रवासी म्याग्देलीले अन्तिम समयमै रोजगारको सिलसिलामा कतारमा पुगेक बेनी नगरपालिका—१३ का दिल बहादुर घर्तीको मृत्युभयो । आर्थिक अवस्था कमजोर रहेको घर्तीको परिवारको दुखलाई अन्त्य गर्ने पाँच बर्ष अगाडी कतार पुगेका घर्तीको शव अझैपनि हमाद अस्पतालमै छ । घर्तीजस्तै ११ महिना अगाडी मात्रै दाना गाविस—१ काभ्रेका सम बहादुर पुनको ओछ्यानमै सुतेकै अवस्थामा मृत्यु भयो । त्यस्तै साउदी अरवमा भगवती—९ साझपानीका कमल भण्डारीले कम्पनीमै ज्यान गुमाए ।

eकमजोर आर्थिक अवस्था रहेको घर्ती, पुन र भण्डारीको निधनले ०७२ प्रवासीका लागि आँसुको समुन्द्र सरह बन्यो । अवस्था कमजोर रहेको परिवारको आधारभुत समस्यालाई पनि पुरा गर्न नपाउँदै संसारबाट विदा लिएपछि प्रवासी म्याग्देलीकै प्रयासमा धमाधम सहयोग जुट्यो । विहान बेलुकी हातमुख जोड्न समेत मुस्किल हुने परिवारलाई प्रवासीले सकेको सहयोग जुटाएर आफ्नो जिम्मेबारीलाई पुरा गरे । यो बर्ष ज्यान गुमाउने म्याग्देलीहरूको सम्झनामा सम्बन्धित देशबाट आएका प्रतिनिधिहरु घरमै पुगेर समेत साहनुभुती दिलाउने प्रयास समेत गरे ।

ज्यानका साथै खाडी मुलुकमा दुर्घटनामा परेर गम्भीर घाईते, कमाएको पैसा लुटिने जस्ता घटनामा पनि म्याग्देली परे । बर्षेनी सुतिरहेको अवस्थामा मृत्यु हुने कमदारको संख्या बढेपनि त्यसका बारेमा आवश्यक सुरक्षा सर्तकता अभावमा ज्यान गुमाउनेको संख्या बढ्यो । खाडी मुलुकमा चर्को गर्मीमा काम गरेर कोठामा विश्राम गर्न गएका म्याग्देलीको मृत्युले परिवार मात्रै नभई छिमेकीलाई समेत लामो समयसम्म शोकमा डुवायो ।म्याग्देली रहेको देशमा गठन भएका संघसंस्थाको पहुँच बाहिर समेत धेरै घटना भएपनि सार्वजनिक हुन सकेनन् ।

IMG_8082जिल्ला प्रशासन कार्यालय म्याग्दीका लेखापाल त्रिविक्रम पौडेलका अनुसार यसबर्ष म्याग्दीका ९ जनाको विदेशमा ज्यान गुमाए वापत प्राप्त गर्ने बिमा रकम परिवारले बुझेका छन् । जसमा कुहुँ—६ का धन बहादुर छिनाल साउदी अरव, भकिम्ली—७ का चन्द्र बहादुर घर्ती मगर कतार, नारच्याङ—९ का रोल बहादुर रोका साउदी अरव, साविकको पुलाचौर—८ हाल बेनी नगरपालिका नहलसिंह विक साउदी अरव, राम्चे—६ का चम बहादुर पाईजा कतार, साविकको घतान— ९ हाल बेनी नगरपालिका फौज बहादुर चोखाल साउदी अरव, निस्कोट—१ दिलबहादुर सुनार साउदी अरव, साविकको घतान—३ हाल बेनी नगरपालिका गणेश खड्का साउदी अरव, मुना—५ बल बहादुर पारेपुन साउदी अरवका परिवारले राहत वापतको रकम बुझेका छन् । पिडाका बाबजुत यसबर्ष प्रवासमा रहेका म्याग्देली एकता र सहकार्यमा समेत जुटे ।

1 belgium bata help (3)कात्तिकको पहिलो साता विश्वभर रहेका म्याग्देलीहरू बेनीमा भेला भएर प्रथम विश्व सम्मेलन मार्फत नयाँ कार्यसमिति मात्रै चयन गरेनन् विश्वभरका म्याग्देलीको सञ्जाललाई समेत विस्तार गरे । म्याग्दी नामा राखेर विश्वभर सक्रिय रहेका म्याग्देलीहरूले साधारण सभा तथा अधिवेशनबाटै मोना सञ्जालमा जोडिए । त्यसैगरी मोना मार्फत जिल्लामा शिक्षा, स्वास्ग्य, खेलकुद सहित विभिन्न कार्यहरूमा सहयोग जुटाएर जन्मभूमि प्रतिको मायाँलाई प्रष्टाउन सफल भए । अभाव भएका वा आवश्यक पर्ने स्वास्थ्य सम्बन्धित उपकरणलाई खरिद गर्ने देखी आर्थिक अवस्था कमजोर भएकाहरू उपचार गर्ने समेत प्रवासीले निरन्तर सक्रिय रहे ।

प्रवासी म्याग्देलीको नेतृत्वदायी संस्था मोना आइइसीले जिविस म्याग्दी संग सम्झौता गरेर जिल्लाभर इन्टरनेट पु¥याउने अभियानमा समेत सहभागि मात्रै भएनन् हरेक देशमा यसै अभियानमा केन्द्रित भएर आर्थिक जुटाउने प्रयासमा समेत सहभागि भइरहेका छन् । गाउँसम्म नजोडिएका सडक, नपुगेका शिक्षामा समेत प्रवासीले एकजुट भएर सहयोग भित्राए । हरेक देशबाट भित्रिएका सहयोगको एकिन तथ्याङ्क नभएपछि लाखौं निस्वार्थ सामाजिक, सांस्कृतिक, विकास निर्माण सहितका क्षेत्रमा भित्रिए । प्रवासी म्याग्देलीलाई शोक र उत्साह संगसंगै आएको प्रवासीले ०७३ मा धेरै महत्वपुर्ण योजना बनाएर अगाडी बढ्ने तयारीमा छन् । हरिकृष्ण गौतम