साकको पदकले म्याग्दीमा भित्रिएको खुसी

१२ औ दक्षिण एशियाली खेलकुदमा यसपटक म्याग्देलीले देशको नाम उच्च बनाए । पदकको खडेरी लागेको नेपाललाई म्याग्दीका विभिन्न गाविसमा जन्मिएर राष्ट्रिय टोलीबाट सहभागि भएका खेलाडीहरू सबैजसोले पदक जितेपछि यसबर्ष खेलकुदमा म्याग्दी चर्चा चुलियो । साकमा सहभागि भएका हिस्तान गाविसमा जन्मिएकी तारादेवी पुनले भारात्ताोलन ७५ किलोमाथिको तौल समुहमा कास्य पदक,पाखापानी गाविस–३ का प्रेमप्रसाद पुन ‘जुलुक’ले सागको आर्चरीतर्फ काश्य, रुम गाविसकी कमला पुन, बावियाचौर गाविसकी विन्दु पुन मगरले उसुमा रजत पदक र पिप्लेकी अरुणा शाहीले महिला भलिबलमा तेस्रो स्थान प्राप्त गदैं कास्यपदक जितेका थिए ।

निरन्तरको अभ्यास र खेलमा सहभागि हुने अवसर पाएका म्याग्देली खेलाडीलाई सम्भवत इतिहासमै पहिलो पटक म्याग्दीका करिव दर्जनको हाराहारीमा संघसंस्थाले सम्मान गरे भने जिल्ला परिषद्मा जिल्लाले सम्मान गरेको थियो । खेलकुदमा सम्भावना भएपनि जिल्लामा न्युन लगानी र कम चासोले ओझेलमा परेको खेलकुदलाई यसबर्ष सार्कमा जितेको पदकले माहोल बनाइदिएको छ। म्याग्दीमा जन्मिएको खवर सहित पहिलो पटक बेनीअनलाइनले तस्विर सहित समाचार प्रकाशित गरेपछि जिल्लाबाटै निम्तो मात्रै गएन करिव दर्जनको हाराहारीमा सम्मान पाएर समेत खेलाडी कर्मथलो फर्किए

त्यस्तै खेलकुद विकास समिति म्याग्दीले दोस्रो राष्ट्रपति रनिङशिल्ड समेत गरियो । ग्रामिण क्षेत्रमा रहेका विभिन्न खेलका प्रतिभालाई उजागर गर्ने अवसरका रुपमा लिइएको प्रतियोगितामा विद्यालयको संख्या समेत तुलानात्मक रुपमा बढेको थियो । सहर देखी गाउँसम्म लोकप्रिय रहेका भलिबलले समेत बर्षभरी चर्चा कमायो ।
IMG_5933
माउण्ट एभरेष्ट आवासीय उच्च माविको भलिबल प्रतियोगिता, न्यू वेष्ट प्वाइन्ट आवासीय उच्च माविको भब्य समारोहका विच हुने आन्तरिक खेलकुद, ग्रामिण क्षेत्रमा निरन्तर लाग्ने मेलापर्वहरूले पनि खेलकुद क्षेत्रको विकासमा सघाएको छ ।केवाईसी यूवा क्लवका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँ प्रशिक्षक, पश्चिमाञ्चलस्तरीय खेलमा म्याग्दीको सहभागिता, पर्यटकीयस्थल टोड्केमा पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगिता र राष्ट्रिय तथा चर्चा कमाएको क्लवमा समेत म्याग्दीका खेलाडीले अवसर पाए ।

त्यस्तै सितोरियो कराँतेमा समेत अन्र्तराष्ट्रिय पदक जिल्लामा भित्रियो । कराँतेमा राष्ट्रिय खेलमा समेत म्याग्दीको उपस्थिती बलियो मात्रै देखिएन हरेक खेलमा खेलाडीको प्रस्तुतीले जिल्लाको नाम जोडियो । खेल क्षेत्रमा विनियोजन गरेको बजेटलाई पनि विकास निर्माण लगाएतका क्षेत्रमा प्रयोग गर्ने गरिएको अवस्थामा जिल्लाको बिना बजेट र एकल प्रयासमै अन्र्तराष्ट्रिय खेलमा देशकै लागि पदक जितेपछि खेलक्षेत्रमै बजेट विनियोजन गर्न नैतिक दवाव समेत दिएको छ ।