दोस्रो टोड्के महोत्सव : महिला भलिबलमा झिँ र पर्वतको सालिजा भिड्ने

म्याग्दीको सदरमुकाम बेनीबाट करिव १४ किलोमिटरमा अवस्थित पर्यटकीयस्थल टोड्केमा आयोजित दोस्रो टोड्के महोत्सवको अवसरमा गरिएको गाविसस्तरीय भलिवल प्रतियोगिताको फाइनलमा म्याग्दीको झिँ गाविस र पर्वतको सालिजा गाविस भिड्ने छन् ।

प्रतियोगितामा महिला भलिवल अन्र्तरगत ७ टिमले सहभागिता जनाएका थिए । जसमा पर्वत सालिजा र झि गाविस फाइनलमा प्रवेश गरेका थिए । निकै प्रस्पिर्धात्मक मानिएको खेल विहान १० बजे हुने छ ।म्याग्दीको कुहुँ, झिँ, पात्लेखेत, पाखापानी गाविस र बेनी नगरपालीका १२ पुलाचौरको सिमा क्षेत्रमा पर्ने टोड्केमा र्भइरहेको खेल हेर्न दर्शकको घुईचो लागेको छ ।महिला भलिबलको प्रथम ४० हजार र द्धितिय २५ हजार सहित मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको छ । मा खेलाडीलाई खाना र बस्नको ब्यवस्था थियो । सुर्योदय, हिमशृङ्खला, गुरासे जंगल, पहाडी भुगोल र ग्रामिण मगर संस्कृतीको अवलोकनका हिसावले सम्भावनायुक्त स्वर्गद्धारी आश्रमको शाखा मानिने टोड्केमा आयोजित महोत्सव आगामी फागुन २९ गते शनिबार सम्पन्न हुनेछ ।