धौलागिरि सेन्चुरी पदमार्गको नक्साङकन गर्ने भ्रमण गरिने

म्याग्दीको राहुघाट क्षेत्रका पर्यटकीय बस्तीहरूलाई समेटेको बनाइएको ‘धौलागिरि सेन्चुरी’ नयाँ पदमार्ग को अन्वेषण र खोज भ्रमण गरिने भएको छ । ‘हामी बनाउँछौ समृद्ध म्याग्दी’ अभियान अन्र्तरगत पदमार्गको खोज तथा नक्साङकन गरिने छ । जिल्लाको पर्यटन क्षेत्रमा महत्वपुर्ण पदमार्गको रुपमा लिइएको धौलागिरि टे«किङ टे«ललाई राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत प्रसारप्रसारका लागि समेत नक्सा र रुटमा संकेत चिन्ह सहितका जानकारी मुलक विवरण आवश्यक पर्ने भएको भ्रमण गरेर पदमार्गको प्रष्ट रुट तयार गर्ने म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताए ।
IMG_0015
‘यो रुटले राहुघाट क्षेत्रका बासिन्दाको आर्थिक जिवनस्तरमा समेत सहयोग पुग्छ । ग्रामिण क्षेत्रमा नयाँ पदमार्गको पहिचानमा सहयोग आवश्यक छ’ शाक्यले भने । पदमार्ग अन्र्तरगत बेनी, गलेश्वर, पाखापानी, कोटगाउँ रायखोर, चौरखानी हुदै धौलागिरि बेस क्याम्प हुदै चिमखोला, दग्नाम, राखु हुदै बेनीसम्मको ९ दिनको खोज भ्रमणका आवश्यक आर्थिक तथा प्राविधिका लागि सहयोगको अपेक्षा सहित पर्यटनका क्षेत्रमा सक्रिय रहेका संघसंस्थाबाट समेत सहयोगको अपेक्षा गरिएको उनले बताए । पदमार्गको पहिचान अमेरिकी नागरिक अफ द बिट इन्टे«क्सनका संचालक गोइड पप्पी र जोय पप्पीले गरेका थिए । पदमार्गमा दृश्यावलोकन, ग्रामिण जीवनशैली, मगर तथा छन्त्याल संस्कृति र मनोरम प्राकृतिक वातावरण पदमार्गको आर्कषण रहेको छ ।
IMG_0190
पदमार्गमा जिल्लाकै पुराना कला र संस्कृति मानिने चिमखोलाको थाली नाच, सोरथी, नौमती, दमिर्जाको तातोपानी कुण्ड सहित भेडी गोठ, छन्त्याल जातीको बस्तीले पर्यटकलाई आर्कषित गर्ने छ । सोही भ्रमणको क्रममा बेनी, पुलाआश्रम, जगन्नाथ, टोड्के, मालिकाधुरी सम्मको नक्साङकन समेत गरिने छ । म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा करिव ४ लाख ९४ हजारको अनुमानित लागतमा १४ जनाको टोली सहभागि रहने हामी बनाउँछौ समृद्ध म्याग्दी’ अभियानका दिनेश नारायण श्रेष्ठले बताए । यसअगाडी समेत टोड्केको विकासका लागि झिँ र पुर्णगाउँमा घरबास कार्यक्रम संचालन गर्न समेत संघले भूमिका खेलेको थियो । हरिकृष्ण गौतम
12767346_785648138233596_414019031_n