आँफू संस्थापन पक्ष नै भएको खमबीर गर्वुजाको स्पष्टोक्ति

1381605_1384358111800605_503090335_nनेपाली कांग्रेस छैठौं जिल्ला अधिवेशन म्याग्दीका उम्मेदवार खमवीर गर्बुजाले शनिवार एक प्रेस विज्ञप्ति प्रकाशन गरी आँफू संस्थापन पक्षको तर्फबाट सभापतिमा उम्मेदवारी दिएको प्रष्ट पार्नुभएको छ । गर्बुजाले पार्टी कार्यकर्ता एवं जिल्लावासीहरुलाई सम्बोधन गरेर प्रकाशन गर्नुभएको विज्ञप्तिमा आँफू लगाएत आफ्नो टिम नेपाली कांग्रेसको संस्थापन पक्षमा रहेको तर अतिरञ्जित ढंगले भ्रामकरुपमा समाचार प्रेषित भएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

‘निश्पक्ष रुपले सूचना सम्प्रेषण गर्ने गहन भूमिका र दायित्वबाट विचलित भई भरपर्दो स्रोत र आधार विना नै म र मेरो टिम बिरुद्ध नियोजित तवरले आक्रमण गर्ने गलत मनसायले ग्रस्त उक्त संचारमाध्यमहरुको भ्रमपूर्ण प्रचारप्रति मेरो गम्भीर आपत्ति र खेद समेत छ ’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ‘मेरो नेतृत्वमा रहेको संस्थापन पक्षको विजय सुनिश्चित रहेको परिस्थितिलाई सहज रुपमा स्वीकार र ग्रहण गर्न नसक्ने पक्षको आकांक्षालाई क्षणिक रुपमा टेवा पु¥याउने अभिप्रायले मात्र गरिएका यस्ता दुस्प्रचारबाट किञ्चित विचलित नहुन म सम्पूर्ण पार्टी कार्यकर्ता एवम् मतदाताहरुमा आग्रह गर्दछु’ उल्लेख गरिएको छ । २०७२ फागुन ८ गते साँझ ७ बजे धु्रबसागर शर्मा