महाधिवेशन प्रतिनिधि भरत रकालले फेसबुकमा स्टाटस् लेखेपछि…

11870841_896710890410195_2435203385176331340_nनेपाली काँग्रेस म्याग्दीको छैठौ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका भरत रकालले बिहिबार साँझ एउटा फेसबुक स्टाटस लेखेका छन् । उनले पैसा कै कारण मेरो राजनीतिकले घुडा टेक्ने निश्चित भो भन्दै पोष्ट गरेको स्टाट्सले स्थगित अधिवेशनमा नयाँ तरंग ल्याएको छ । नेपाल विद्यार्थी संघ म्याग्दीका अध्यक्ष समेत रहेका रकालले महाधिवेशन प्रतिनिधिमा उम्मेदवार दिएको घोषणा गर्ने जिल्लामै पहिलो भएकाले पनि उनको चर्चा पार्टीभित्र र बाहिर समेत भएको थियो ।

राजनीतिमा पुराना मानिएका नेताहरुको रोजाईमा रहेको महाधिवेशन प्रतिनिधिमा देशभरका प्रतिनिधिमै कान्छो उम्मेदवार समेत मानिएका रकालले संविधान सभाका दुवै निर्वाचनमा समेत ग्रामिण क्षेत्रमा सक्रियतापुर्वक चुनावी अभियानमा सक्रियतापुर्वक लागेका थिए । महाधिवेशन प्रतिनिधि रकालले सामाजिक सञ्जालमा पैसाले राजनीतिकलाई असर गरेको भन्ने शब्द बारेमा थप ब्याख्या गरेका भने छैनन् । रकालले विद्यार्थी संघलाई ग्रामिण क्षेत्रमा समेत लोकप्रिय बनाउन महत्वपुर्ण भूमिका खेलेकाले पनि महाधिवेशनमा जिल्लामै चिनिएका पुराना नेताहरुलाई समेत रकाल सहितका यूवाले चुनौती दिएका छन् । अधिवेशनको मतदात सहित आगामी फागुन १० गते सुचारु हुने छ ।

Bharat Rakal Shahi
1 hr •
पैसा कै कारण मेरो राजनीति ले घुडा टेक्ने निश्चित भो !