महिला सदस्य र जनजाती सदस्य निर्वीरोध निर्वाचित

IMG_5678नेपाली कांग्रेस म्याग्दीको छैठौ जिल्ला अधिवेशनमा जिल्ला कार्यसमितिको तिन जना महिला र एक जना जनजाती सदस्य निर्बिरोध निर्वाचित भएका छन्। महिला सदस्यमा अमृतादेवी बानिया, यमकुमारी गर्बुजा र सावीत्री बरुवाल तथा जनजाती सदस्यमा रेकबहादुर पुन निर्वाचित भएको छ । १३ सदस्यीय जिल्ला कार्यसमितिमा २१ जनाको उमेद्वारी परेको छ ।

११ जना महाधिवेशन प्रतिनिधिमा ३५ जनाको उमेद्वारी परेको निर्वाचन समितिका सदस्य सागरजिवी उपाध्यायले बेनीअनलाइनलाई बताए । यसैगरी सचिवमा हरिकुमार श्रेष्ठ र अजयमिलन श्रेष्ठले उमेद्वारी दिए । कोषाध्यक्षमा टंक हमाल र अमृतकुमार श्रेष्ठको उमेद्वारी परेको छ । उमेद्वारहरु भोट माग्न ब्यस्त भएका छन् । उमेद्वारी दर्ता गरेपछि उमेद्वारहरुले प्रतिनिधिहरुसमक्ष आफ्नो धारणा राखेका छन् । मंगलबार निर्वाचन र मतगणना हुने निर्वाचित मण्डलले जनाएको छ ।