म्याग्दी कांग्रेसको छैठौं जिल्ला अधिवेशन (फोटो फिचर)

IMG_5678
IMG_5681
IMG_5651
IMG_5652
IMG_5655
IMG_5664
IMG_5666
IMG_5668
IMG_5672
IMG_5675
नेपाली कांग्रेस म्याग्दीको छैठौं जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनको पार्टी सभापति एवम् सांसद रेशम बहादुर बानियाँले उद्घाटन गर्नुभएको छ । प्रमुख अतिथि बानियाँले आगामी नेतृत्वले पार्टीलाई एकजुट भएर जिल्लामा पहिलो दल बनाउनुपर्ने चुनौती रहेको बताउनुभयो । बानियाँले सक्षम र सबैको प्रतिनिधित्व गर्ने उम्मेदवारलाई नेतृत्वमा ल्याउने समेत प्रतिनिधिलाई अनुरोध गर्नुभएको थियो ।

उपसभापति खमविर गर्बुजाको स्वागत, सचिव माधव प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको उद्घाटन सत्रमा कोषाध्यक्ष टंक हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिविस हलमा खचाखच भरिएका कार्यकतालाई उम्मेदवारले आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका थिए । निर्वाचन अधिकृतले समेत मतपत्र सहित निवार्चन कार्यालयबाट मतपेतिका समेत बुझेर ल्याइसकेका छन् । अधिवेशनमा गाउँ, नगर तथा नगर वडा अधिवेशनबाट निर्वाचित वडा सभापति, नगर सभापति तथा गाउँ सभापति एवंम जिल्ला प्रतिनिधि गरी ४०५ जनाले मतदान गर्नेछन् ।