अधिवेशनमा आउने प्रतिनिधि तान्न महत– गर्बुजा प्यानल ब्यस्त

????????????????????????????????????
????????????????????????????????????
नेपाली काँग्रेसको माघ २५ गते हुने छैठौ जिल्ला अधिवेशनलाई लक्षित गरेर गाविस र वडाबाट छनौट भएका प्रतिनिधिलाई आफ्नो पक्षमा तान्न म्याग्दीका काँग्रेस नेताहरू सक्रिय भएका छन् । सभापतिका उम्मेदवार नेत्रबहादुर महत र खम्बीर गर्बुजाका पक्षधरले वडा र गाविसस्तरमा भइरहेका छलफलमा समेत सहभागिता जनाएका छन् । खम्बीर गर्बुजा सहितको टोली शनिबार उत्तरी म्याग्दीको दानासम्म पुगेको छ ।

त्यस्तै महत पक्षले राहुघाट र पश्चिम म्याग्दीका विभिन्न गाविसमा पुगेर आफ्नो पक्षमा भोट मागिरहेका छन् । सोमबार हुने अधिवेशनमा गाविस र वडाबाट आउने प्रतिनिधिहरूलाई बेनीमा छलफल र पक्षमा मतदानको ब्यवस्था मिलाउन दुवै पक्षले जिम्मेबारी तोकेर समेत प्रतिनिधि खटाएका छन् ।

8f854f520e2653133bd40e4235b47e53खम्बीर पक्षमा सर्मथन जुटाउन वर्तमान पदाधिकारीमा रहेका नेताहरूले आआफ्नो पक्षबाट लविङ गरिरहेका छन भने महत समुहले समेत छुटेका र सम्पर्कमा नआएकालाई फलो गरिरहेका छन् । अधिवेशनमा आफ्नो पक्षका सभापतिलाई विजय बनाउन सकेमा मनोनितमा हावी हुने संकेत सहित केही पदाधिकारीले संस्थापन भनेको नै काँग्रेस हो भनेर समेत ब्याख्या गरेको समेत पाइएको छ भने महत समुहले पार्टी सञ्चालन गर्न इमान्दारिता र त्याग हुनुपर्ने भन्दै मतलाई आर्कषित गर्न प्रयास गरिरहेका छन् ।

गाउँ, नगर तथा नगर वडा अधिवेशनबाट निर्वाचित वडा सभापति, नगर सभापति तथा गाउँ सभापति एवंम जिल्ला प्रतिनिधिहरू हुनुपर्ने ४१९ जना मध्ये १४ जना खाली रहेको छ । महिला, अल्पसंख्य, अपाङ् गरी १४ जनाले प्रतिनिधित्व गर्न नपाएको काँग्रेस म्याग्दीका सहसचिव अजयमिलन श्रेष्ठले बेनीअनलाइनलाई बताए । दुवैपक्षले मताधिकार भएकालाई कुनै न कुनै माध्यमको प्रयोग गरी आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् ।