बहशमा काँग्रेस म्याग्दीको अधिवेशन : पुराना नेताहरु चुपचाप, युवाको उमेद्वारी घोषणा

नेपाली काँग्रेसको माघ २५ गते हुने छैठौ जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा आगामी नेतृत्वतर्फ राजनीतिक वृत्तको ध्यान र चासो केन्द्रित भएको छ । म्याग्दी काँग्रेस हाक्ने आगमी नेतृत्व कस्तो आउँछ भन्ने विषयमा जिल्लाका फरक रानीतिक दल र तिनका समर्थकहरुमा पनि यतिखेर बहश र छलफल केन्द्रित भएको छ । पछिल्लो समय काँग्रेस समर्थक युवाहरुले नेतृत्वमा दावी गर्न थालेका छन् । माघ १५ गते म्याग्दीका ३५ वटा गाविस, बेनी नगरपालीकाका १४ वटा वडा र १६ गते नगर अधिवेशनबाट कार्यसमिति र जिल्ला अधिवेशन प्रतिनिधि चयन भएका छन् । अधिवेशन प्रतिनिधिहरुलाई आ– आफ्नो पक्षमा पार्नका लागि केही स्थान बाहेक धेरै ठाउँमा सर्वसहमतीमा कार्यसमिति र अधिवेशन प्रतिनिधि चयन भएका हन् । अर्मन, भकिम्ली, शिख, घार, बेनी नगरपालीका ९ र हिस्तानमा केही पद तथा प्रतिनिधि चयनका लागि निर्वाचन भएको थियो ।

नेपाली काँग्रेसको बिधान अनुसार गाउँ कार्यसमितिबाट सभापति सहित १० जना, नगरपालीकाको वडाबाट चार जना र नगर कार्यसमितिबाट १० जना प्रतिनिधि जिल्ला अधिवेशनका लागि चुनिएका छन् । आगामी चार वर्षका लागि जिल्ला कार्यसमितिको नेतृत्व, महाधिवेशन र महासमिति सदस्य कसलाई बनाउने भन्ने अधिकार अधिवेशन प्रतिनिधिको हातमा छ । गाउँ र नगर अधिवेशन सकिएपछि जिल्ला नेतृत्व, कार्यसमिति र महाधिवेशन प्रतिनिधिका आकांक्षीहरु अंकगणीत र समिकरणमा जुटेका छन् । जिल्ला अधिवेशनले सभापति सहित ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ । सभापति सहित ११ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

????????????????????????????????????
????????????????????????????????????

महाधिवेशन प्रतिनिधि स्वत जिल्ला कार्यसमितिमा रहनेछन् । एक जना महिला सहित पाँच जना महासमिति सदस्य चुनिने व्यवस्था छ । महासमिति सदस्यको सक्रिय भुमिका नहुने भएकाले यसतर्फ कमैको रुची छ ।महाधिवेशन प्रतिनिधिका लागि ३ जना महिला, एक जना दलित, एक जना जनजाती र अल्पसंख्यक पिछडीएको क्षेत्रका लागि एक जनालाई आरक्षणको व्यवस्था छ । यसबाहेक जिल्ला कार्यसमितिमा १३ जना सदस्य निर्वाचीत भएर आउँनेछन् । निर्वाचित कार्यसमितिले सभापतिको सिफारीसमा ७ जनालाई सदस्यमा मनोनित गर्न पाउने व्यवस्था छ ।

केन्द्रमा जस्तै काँग्रेसको जिल्लामा पनि सभापति पदका लागि संस्थापन र देउवा पक्षबाट आंकाक्षीहरु देखिएका छन् । संस्थापन पक्षबाट वर्तमान सभापति रेशमबहादुर बानियाँ र उपसभापति खम्बीर गर्बुजा तथा देउवा पक्षबाट महासमिति सदस्य नेत्रबहादुर महतले सभापतिमा दावी गरेका छन् । तर अहिले आएर वानियाँले गर्बुजालाई समर्थन गर्ने भन्ने भन्ने बुझिएको छ । वानियाँले गर्वुजालाई समर्थन सँगै अव महतलाई सभापतिमा निर्वाचित हुन कठिन हुने देखिन्छ ।
यद्यपी महिला विभाग प्रमुख तथा महिला संघका सभापति बिमला गौचनले पनि सभापतिमा उमेद्वारी घोषणा गरेर चर्चामा आएकी छिन् ।

गर्बुजाका लागि पार्टीमा निरन्तर दश वर्ष क्रियाशिल रहनुपर्ने बिधानको ब्यवस्था सभापति बन्ने बाटोमा काडा बनेपनि अन्तिमा आएर त्यो समस्या समाधान भएको छ । गर्बुजा २०५६ मा म्याग्दीबाट निर्वाचित स्वर्गीय नारायणसिंह पुनले शाहीकालमा गठन गरेको समता पार्टीको केन्द्रिय सदस्य बनेका थिए । गर्बुजाले पाटीको केन्द्रबाट सभापतिमा उमेदवार दिन पाउने पत्र हाता पारिसकेका छन् । उनले सभापतिको उमेदवारको घोषणा गरेका छन् । जिल्लाका अधिकांश जनजाति नेता तथा कार्यकर्ताहरु गर्बुजाको पक्षमा देखिएका छन् ।यता बानियाँ निकटहरु भने बाहिरी रुपमा गर्बुजालाई अघि सारेपनि अन्तिममा आफै सभापति दोहोराउने बानियाँको भित्री मन भएको बानियाँ निकट नेताहरु बताउँछन् ।बेलायती सैनीकका सेवा निवृत गर्बुजा २०६४ को संबिधानसभा निर्वाचनमा समानुपातीक र २०७० मा प्रत्यक्ष उमेद्वार बनेका थिए ।

गर्बुजालाई जनजाती समुदायको सहानुभुती छ । दुई पटक उमेद्वार बनेपनि सांसद निर्वाचीत हुन नसकेका गर्बुजालाई यसपटक अवसर दिएर पार्टी नेतृत्वमा पुराउन आवश्यक रहेको बिशेष गरेर काँग्रेसमा क्रियाशिल जनजाती र मगर समुदायका नेताहरुको भावना छ । गर्बुजालाई वर्तमान सल्लाहकार तथा उत्तरी क्षेत्रमा प्रभावशाली मानिएका घोडेपानीका होटल ब्यवसायी समेत रहेका भारतीय सैनीकका पुर्व क्याप्टेन डमबहादुर पुन लगायतको बलीयो साथ र सहयोग छ । यसका साथै गर्बुजालाई तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्यालको पनि साथ र समर्थन छ । अधिवेशन नजिकिदै गर्दा जिल्लामा गर्बुजाको पक्षमा बलियो अवस्था सिर्जना हुँदै गएको उनी निकट काँग्रेसीहरु दावी गर्दछन् ।

8f854f520e2653133bd40e4235b47e53गर्बुजाका समर्थक तरुण दलका अध्यक्ष समेत रहेका छन्त्यालले गर्बुजालाई सभापतिको उम्मेदवार बनाउने बाटो खुला भएको अवस्थामा अहिले मैदानमा उत्रिएका महतले काँग्रेसको नेतृत्व गर्न नसक्ने भएकाले आफूहरुले गर्बुजालाई अगाडी सारेको बताए । महाधिवेशन प्रतिनिधि, निर्वाचित जिल्ला सदस्य र महासमिति सदस्यका लागि आंकाक्षी धेरै छन् । नेविसंघका वर्तमान अध्यक्ष भरत रकाल र पूर्व अध्यक्ष धनवहादुर छन्त्यालले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुको घोषणाले पुरान काँग्रेसी नेताहरुलाई कठिन हुने देखिन्छ । पछिल्लो समय जिल्लामा काँग्रेसको शक्ति बलियो हुँदै गएकाले नेतृत्वमा आउन तछाडमछाड भएको देखिन्छ ।

युवाहरुले वुढा र पुराना नेताहरुले अव म्याग्दी काँग्रेसको नेतृत्व गर्न नसक्ने दावी गर्दछन् । नेविसंघका पूर्व अध्यक्ष समेत रहेका काँग्रेसका युवा नेता ध्रुवराज कार्कीले भने । उनले युवाको साथ लिएर म्याग्दी काँग्रेसले जिल्लामा अवको निर्वाचन जित्ने आधार बनाउनुपर्ने उनको भनाई छ । कार्कीले हालैमात्र पत्रकार सम्मेलनको आयोजना गरेर महाधिवेशन प्रतिनिधिमा उमेदवारी घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा आकाक्षीलाई व्यवस्थापन गर्न सक्ने अवस्था नभएकाले सबैलाई निर्वाचनमा लैजाने योजनामा काँग्रेस रहेको छ । निर्वाचनमा लैजादा अहिलेका पुराना नेताहरुलाई जित्न मुश्किल पर्ने देखिन्छ । म्याग्दीमा आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो बनाउने एजेण्डा सहित युवा पक्तिका नेताहरु निर्वाचनमा होमीने तयारी गरेका छन् ।

सकेसम्म सभापतिमा दावी गरीरहेका महतलाई पनि सहमतिमा ल्याउन पहल गर्ने र २५ गतेसम्म सहमती नबने निर्वाचन गराउने संस्थापनको रणनीती छ । उता काँग्रेसमा चार दशकदेखि निरन्तर क्रियाशिल वर्तमान महासमिति सदस्य नेत्रबहादुर महत सहमतिबाटै नेतृत्व पाउन पहल गरीरहेका छन् । सबैले अवसर र नेतृत्व पाउनुपर्ने धारणा राख्दै आएका महत आफूलाई देउवा गुटको ‘ट्याग’ लगाएर अवसरबाट बञ्चित गर्न खोजीएकोमा दःुखी छन् ।
साथी र पार्टीका लागि यसअघि त्याग गरेकोले जेष्ठता, निरन्तरता र क्रियाशिलताको आधारमा यसपटक सहमतिमै आफूले सभापति पाउने महतको अपेक्षा छ । ‘चार दशकसम्म निरन्तर काँग्रेसको राजनीति गर्दै आएको छु । पञ्चायत होस वा माओवादी दन्द्धको अवस्थामा पनि पार्टीमा प्रतिवद्ध भएर खटे’ महत भन्छन ‘अझसम्म महत्वपूर्ण र लाभको पदमा अवसर पाएको छैन ।’

पक्ष भन्दा पनि योगदानको कदर गरेर निर्वाचन भैहालेपनि प्रतिनिधिहरुले आफूलाई मतदान गर्ने विश्वास गरेका महतले गाउँ, वडा र नगरबाट निर्वाचित सभापति तथा प्रतिनिधिहरुबाट सकारात्मक सहानुभुती पाएको दावी गरेका छन् । पार्टीको निर्णय प्रक्रियामा सबैको सहभागिता र पारदर्शीता कायम गरि व्यक्तिवादी प्रबृतीबाट मुक्त गराई म्याग्दीमा पहिलो बनाउने महतको भावी योजना छ । महत पाटीमा इमान्दार नेताका रुपमा परिचित छन् । संगठनलाई सुदृढ र कार्यकर्तालाई एकताको भावनामा बाधेर मात्रै म्याग्दीमा काँग्रेस पहिलो शक्ति बन्ने महत बताउँछन् । महत काँग्रेस बिभाजनको अवस्थामा बरिष्ठ नेता शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रीक काँग्रेसको जिल्ला सभापति थिए ।

एकतापछि उनि जिल्ला सहसभापति बनेका थिए । अघिल्लो जिल्ला अधिवेशनमा पनि अन्तीम अवस्थासम्म सभापतिमा उनले दावी गरेका थिए । महतलाई हाल जिल्ला कार्यसमिति सदस्य लोकबहादुर मल्ल, प्रभावशाली नेता चिरञ्जिवी पौडेल र युवा नेता बिक्रम बोगटीले साथ दिएका छन् । अधिकाँश काँग्रेसी कार्यकर्ताहरुले महतलाई यसपाली अवसर दिनुपर्ने भनाई राख्दछन् । काँग्रेसलाई कुनै आयतित व्यक्तिले नेतृत्व गर्न नसक्ने उनीहरुको दावी छ । म्याग्दीमा जहिले पनि आयतित व्यक्तीलाई अवसर दिँदा पाटीले विगतमा धोका पाएको उनीहरु बताउँछन् । २०५६ सालको आमनिर्वाचनमा नारायणसिंह पुन लाई संसद बन्ने अवसर दिएको थियो । तत्कालिन समयमा पुनलाई अवसर दिनु काँग्रेसले गरेको कमजोरीका रुपमा लिने गरिन्छ ।

लोकगित गायनमा बिशेष रुची राख्ने महतले म्याग्दीमा कलाकारको रुपमा पनि पहिचान बनाएका छन् । रत्नेचौरका महत निर्माण ब्यवसायी हुन् । हाल बेनीमा बसोबास रहेपनि उनि रत्नेचौरबाटै अधिवेशन प्रतिनिधि भएर आएका छन् । काँग्रेसमा बैचारीक हिसावले सक्षम मानिने पौडेलको रघुगंगा भेगमा राम्रो प्रभाव रहेको बताईन्छ । संस्थापन पक्षले पौडेलले महतलाई साथ दिइरहेको बताएपनि उनि खुलेरै लागेको अवस्था भने छैन् । सभापतिसंगै सचिव पदमा धेरै आकाक्षी देखिएका छन् । वर्तमान सचिव माधवप्रसाद रेग्मीले माथि उक्लने चाहना राखेपनि व्यक्त गरीसकेका छैनन् ।

‘म सभापतिमै पो उठ्छुकी’ रेग्मीले ब्यङ्ग्य गर्दै भने ‘अहिलेनै टुंगो लागीसकेको छैन । पार्टीभित्र छलफल भैरहेको छ । उपयुक्त समयमा निर्णय हुन्छ ।’ उनि बेनी नगरपालीका १२ पुलाचौरबाट सर्वसम्मत रुपमा अधिवेशन प्रतिनिधि भएर आएका हुन् । उक्त वडाका सुरतबहादुर भण्डारीलाई क्रियाशिल सदस्यता दिने नदिने विषयमा बिवाद भएको थियो । संस्थापन पक्षले भण्डारीको क्रियाशिल सदस्यता नविकरण नगराउन केन्द्रमा दवाव दिएको थियो ।

12695737_10153528259516859_1965331103_nभण्डारी र रेग्मीबिच व्यक्तिगत टकराबले दुवैलाई असर पार्ने आँकलन गरिएपनि सभापति बानियाँको पहलमा दुवैलाई सहमत गराई सर्वसहमतीमै भण्डारी पनि जिल्ला अधिवेशन प्रतिनिधि चुनिएका छन् । ‘मैले आईरन गेट पार गरेर जिल्ला अधिवेशन प्रतिनिधि बने’ भण्डारीले भने ‘अब जिल्लातिर लड्छु ।’

वर्तमान कार्यसमितिमा रेग्मी निर्वाचीत र समता पार्टीसंग एकताको प्रक्रियाबाट काँग्रेसमा आएका मिनबहादुर कार्की मनोनित सचिव हुन् । बेनी नगरपालीका ४ बगरफाँटका बासिन्दा कार्की भारतीय सैनीकको सेवानिवृत्त क्याप्टेन हुन् । उनले जिल्ला अधिवेशन प्रतिनिधि बन्नका लागि वडा सभापतिको बाटो रोजेर आएका छन् । उनलाई त्यहाँ माओवादीबाट पछिल्लो समय काँग्रेसमा प्रवेश गरेका निर्माण ब्यवसायी प्रदिप सापकोटाको छोरा प्रविणले चुनौती दिएका थिए । कार्कीले सभापतिका आकांक्षी प्रताप मल्ललाई उपसभापतिमा राखेर आफू जिल्लामा जाने र पछि सभापति सुम्पने चलाखीपूर्ण उपाय अपनाएका हुन् ।

कार्कीको कुटनीतिक कदमले उक्त वडाबाट प्रतिनिधिका लागि आकाक्षी सापकोटा र युवा नेता धु्रब कार्की पनि सफल भएका छन् । निर्वाचन गर्नुपर्ने अवस्था आएन् । कार्की आगामी अधिवेशनबाट मनोनित हुनुपरेको अवस्थामा उपसभापति र निर्वाचित हुनुपरेमा सचिव पदका आकाक्षी हुन् ।

सचिव पदमा वर्तमान प्रचार बिभाग प्रमुख तथा सहसचिव अजयमिलन श्रेष्ठ र बानियाँका विश्वासपात्र मानिने तरुण दलका पुर्व सभापति कृष्णबहादुर बरुवाल पनि आकाक्षी देखिएका छन् । जनजाती नेता ओम छन्त्याल पनि सचिवका दावेदार हुन । छन्त्यालले दुइ महिना अघिनै सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका थिए ।

मिठो बोली, कडा अडान, तार्कीक र साहीत्यीक छवी बनाएका श्रेष्ठ बेनपा ७ बाट सर्वसम्मत र समन्वयकारी भुमिकामा सिपालु मानिएका बरुवाल घारबाट चुनाव लडेरै अधिवेशन प्रतिनिधि बनेका छन् । काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीको कोषाध्यक्षको जिम्मेवारी भने टंक हमालले चौथो कार्यकालका लागि पनि सर्वसम्मत प्राप्त गर्ने सम्भावना छ । बाहिर कम चर्चा हुने तर महत्वपूर्ण जिम्मेवारी मानिने कोषाध्यक्ष पदका लागि अहिलेसम्म कसैले दावी नगरेकाले निरन्तर तिन कार्यकाल काँग्रेसको आर्थिक कारोबार सम्मालेका हमाल पुन त्यही पदमा रहने देखिएको हो ।

हमालले अन्य पदमा ईच्छा देखाएका छैनन् । ‘जसले जे जानेको छ । त्यही गर्नेहो । आफूसंग जे सीप, क्षमत्ता र अनुभव छ त्यसलाई पार्टीको हितमा योगदान गर्ने हो’ हमालले आफ्नो ईच्छालाई प्रष्ट पारे । काँग्रेसको अधिवेशनसंगै केही अनुहारले चर्चा कमाएका छन् । गाउँ नगर अधिवेशन हुनुअघि माधवप्रसाद रेग्मी, मिनबहादुर कार्की, सुरतबहादुर भण्डारीको विषयमा काँग्रेसभित्र बढी चर्चा थियो भने बेनी नगर अधिवेशनबाट सचिवमा निर्वाचित गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले सबैलाई चकित पारेका छन् ।

एमालेको राम्रो पकड आरोप लाग्दै आएको गैरसरकारी क्षेत्रमा लामो समयदेखि क्रियाशिल र पछिल्लो कार्यकालको नेतृत्व समालीरहेका पौडेल हालसम्म कुनै राजनीतिक दलमा नखुलेपनि धेरैले काँग्रेस होलान भन्ने अनुमान समेत गरेका थिएनन् । ‘म गोपालनारायण भट्टचनको पालामा क्रियाशिल सदस्यता लिएर काँग्रेसको सदस्य बनेको हुँ’ पौडेलले खुलासा गरे ‘काँग्रेस हुँ भन्ने कुरा अहिलेका नेतृत्वमा रहेकाहरुले समेत स्वीकार्न सकेनन् ।’

हरेक क्षेत्रमा भैरहेको राजनीतिकरण र कुनै न कुनै दलको आड नलागे अगाडी बढ्न नसक्ने बाध्यात्मक अवस्थाका कारण आफ्नो पुरानो आस्थाको आधारमा काँग्रेसको नगरको नेतृत्वमा आएको पौडेलले सुनाए । ‘सबैको बिचार हुन्छ तर पेशामा राजनीतिकको प्रभाव पर्नुहुन्न’ पौडेलले भने ‘मैले गैरसरकारी क्षेत्रको काम गर्दा प्राप्त अनुभव र भिजनलाई पार्टीमार्फत जनहितमै लगाउँछु ।’उनी काँग्रेसमा खुलेर आएपछि अव निकट समयमै हुने गैससको अधिबेशनले भने पुन उनलाई नै अध्यक्षमा दोहोराउने संभावना कम हुँदै गएको बामपन्थी समर्थक गैससकर्मीहरु बताउँछन् । काँग्रेसको अधिबेशनमा नेतृत्वमा धेरैको आकांक्षा भएकाले अन्तिम अवस्थामा अहिले सम्म भइरहेका समिकरणको परिवर्तन भएर नयाँ समिकरणको संभावना पनि उत्तिकै छ । अधिबेशनको गुटबन्दी संस्थागत भएर आउने निर्वाचन सम्मलाई असर गर्न सक्ने संभावनालाई आकलन गरेका केही पाका र पुराना नेताहरु भने सहमतिमै नयाँ नेतृत्व चयन हुनुपर्ने बताउँछन् ।
नवविकल्प साप्ताहिक