म्याग्दी कांग्रेसमा धमाधम यूवाको उम्मेदवारी (भिडियो)

आगामी जिल्ला अधिवेशनलाई लक्षित गरेर यूवाहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । पार्टीका जिल्ला तहदेखी केन्द्रसम्म यूवाको बलियो उपस्थितीलाई सुनिश्चित गर्न भन्दै यूवाहरूले उम्मेदवारी घोषणा गर्न थालेपछि चहलपहल र माहोल तातिएको छ । मंगलबार पार्टी सचिवमा तरुण दलका सदस्य, जनजाती संघ म्याग्दीमा अध्यक्ष एवम् जिविस अन्र्तरगत रहेको आदिबासी जनजाती जिल्ला समन्वय समितिका उपाध्यक्ष ओम छन्त्याल, महाधिवेशनको खुल्ला प्रतिनिधिमा तरुण दल म्याग्दीमा अध्यक्ष मुकुन्द छन्त्याल र सचिव धुव्रराज कार्कीले उम्मेदवादी घोषणा गरेका हुन् ।

काग्रेंस म्याग्दीको छठौ अधिवेशनमा बुढा नेतालाई चुनौती दिदै यूवाले धमाधम उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार सचिवमा कुईनेमंगलेका ओम छन्त्याल, महाधिवेशन खुल्लामा तरुण दलका अध्यक्ष मुकुन्द छन्त्याल, सचिव धुव्रराज कार्कीले उम्मेदवारी दिएका छन् । यसअगाडी महाधिवेशन प्रतिनिधिमा धनबहादुर छन्त्याल र भरत रकालले समेत उम्मेदवारी दिएका छन् ।

Posted by बेनीअनलाइन – Benionline.com.np News on Tuesday, February 2, 2016

पत्रकार सम्मेलन गरेर पार्टीमा ४० बर्ष काटेका नेताहरूले यूवालाई अवसर भन्दा पनि उपेक्षा गर्नुका साथै पार्टीलाई पद्धतीमा संचालन गर्न नसकेको बताउँदै आगामी अधिवेशनमा यूवाले जिल्ला देखी केन्द्रसम्म पहुँच बनाउन उम्मेदवारी दिएको बताए । ‘आफुँले मात्रै नेतृत्व लिने गलत प्रबृत्ति मौलाईरहेको छ । अव यूवाले योजनाबद्ध तरिकारले पार्टी सञ्चालन गर्छन्’ जिल्ला सचिवका उम्मेदवार ओम छन्त्यालले भने ।

जिल्लातहमा महत्वपुर्ण काममा यूवाहरुले नै जिम्मेबारी लिएको बताउँदै छन्त्यालले चारबर्षे योजना सहित पार्टीका गतिविधिहरुलाई लिपिबद्ध बनाएर अगाडी बढ्ने बताए । त्यस्तै महाधिवेशन प्रतिनिधिका उम्मेदवार मुकुन्द छन्त्यालले पुराना सोच र कार्यशैली भएकै कारण पार्टीले धक्का खाएको बताउँदै कुनैपनि हालतमा यूवाको सक्रियतामै नेतृत्व चयन हुने बताए । अवसर र जिम्मेबारी लिन तयार हुने काम गर्ने क्रममा पछाडी हट्नेलाई अधिवेशनले पाखा लगाउने समेत यूवाहरुको भनाई थियो।
IMG_5522
सोही अवसरमा नेपाल विद्यार्थी संघ म्याग्दीका पुर्व अध्यक्ष धुव्रराज कार्कीले यूवाहरूको सहभागिता विना कुनैपनि काम गर्न सम्भव नभएकाले विगतमा आफुँहरू हेपिएको बताए । ‘हामी बोल्दा नेतृत्वले सुनेन, धेरै चुनावी अभियानमा हामीलाई भरिया मात्रै बनाईयो’ उनले भने । विद्यार्थी राजनीतिबाटै पार्टीमा सक्रिय भएका यूवाहरूले उम्मेदवारी घोषणा गरेपछि पार्टीका पदाधिकारी धक्का लाग्ने देखिएको छ ।

जिल्लाका सबैजसो गाविसमा पुगेका, कार्यकतासंग घुलमिल भएका यूवाहरुले धमाधम उम्मेदवारी घोषणा गरेपछि अधिवेशनमा सहमतिभन्दा निर्वाचन हुने निश्चित भएको छ । यसअगाडी नेविसंघ म्याग्दीका पुर्व सभापति धनबहादुर छन्त्याल र बाहाल वाला सभापति भरत रकालले महाधिवेशन प्रतिनिधिका लागि बुधबार उमेद्वारी घोषणा गरेका थिए । छन्त्यालले समावेशी अन्तरगत अल्पसंख्यक र रकालले खुल्ला तर्फबाट महाधिवेशन प्रतिनिधि पदका लागि उमेद्वारी दिएका हुन् । आगामी माघ २५ गते जिल्ला अधिवेशन हुदैछ । हरिकृष्ण गौतम