म्याग्दी कांग्रेस अधिवेशन: जो निर्वाचनबाटै प्रतिनिधि चुनिए

हिजोआज म्याग्दी काग्रेसमा राम्चेका लक्ष्मण पुर्जा, अर्मनका दुर्गाबहादुर खत्री, हिस्तानका गमबहादुर फगामी जस्ता मतपेटिकाबाटै प्रतिनिधि चुनिएकाहरूको चर्चा धेरै छ । जिल्लाको पदाधिकारीको महत्वपुर्ण जिम्मेबारी सम्हालेका नेता वडा सभापतिको जिम्मेबारी सम्हालिरहेको अवस्थामा गाविसभरका क्रियाशील सदस्यहरूको मतबाट सभापतिमा निर्वाचित भएका पुर्जा र खत्री सहित अन्य निर्वाचित प्रतिनिधिहरूका बारेमा पार्टी र बाहिर समेत चर्चा र बहस भइरहेको छ ।

12674266_947253112028678_1925189464_nशुक्रबार बेनी नगरपालिका र ३५ गाविसमा सम्पन्न भएको अधिवेशनबाट हिस्तामा गमबहादुर फगामी, राम्चे गाविसमा लक्ष्मण पुर्जा, अर्मनमा दुर्गाबहादुर क्षत्रीले सभापतिमै मतदानको प्रक्रियाबाट जितेका छन् । उनका प्रतिद्धन्द्धी समेत गाउँमा सक्रिय भएपनि कार्यकर्ताले विकास निर्माण, कार्यकर्ताको भावना सहित गाउँमा सक्रियतापुर्वक लागेकालाई मतदान गरेरै गाविसको जिम्मेबारी र प्रतिनिधिका रुपमा पठाएका छन् । त्यस्तै दलित कोटामा भकिम्लीमा भएको मतदानमा मनकुमारी विक निर्वाचित भईन् । पार्टीको कार्यक्रमका साथै जिल्ला खेलकुद विकास समितिमा समेत पार्टीको तर्फबाट प्रतिनिधित्व गरिरहेककी विकले गाविसका कार्यक्रममा समेत सक्रितापुर्वक लाग्ने गरेकी छन् ।

त्यस्तै बेनी नगरपालिका–९ का सम्बर बहादुर थापाले मतदानबाट प्रतिनिधि मात्रै छनौट भएनन् गाउँमा सक्रिय भएमा कार्यकर्ताले मूल्याङ्कन गर्छन भन्ने सन्देश समेत लिएर अधिवेशनमा प्रतिनिधिका रुपमा आए । आर्थिक, पहुँचबाट कार्यकर्ता फस्दैनन् भन्ने सन्देश समेत थापाले मतदानको क्रममा दिए । गाविस’ अधिवेशनकै क्रममा घारमा कृष्ण बरुवाल, ठकराज बरुवाल, क्याप्टेन रविन्द्र गर्बुजा र दिलबहादुर बरुवालले समेत चुनावै जिते ।

घारमा भएको निर्वाचनमा कृष्ण, ठकराज, रविन्द्र र दिलबहादुरको चयनलाई निकै अर्थपुर्ण तरिकाले हेरिएको छ । जिल्ला अधिवेशनमा संस्थापन र देउवा विचको प्रतिस्वर्धाको सम्भावना देखिएको अवस्थामा घारबाट विजय भएकाहरु वर्तमान सभापति रेशम बहादुर बानियाँ निकट मानिन्छन् । निर्वाचनमा विजय भएकामध्ये संस्थापन र देउवा पक्षका बराबर जस्तै देखिएका छन् । काग्रेस बलियो भएका अन्य गाविसमा समेत निर्वाचनको पुर्व अनुमान गरिएपनि अन्तिम अवस्थामा आएर सहमति गरिएको थियो । हरिकृष्ण गौतम