यस्ता छन् म्याग्दी कांग्रेसको गाउँ तथा नगर वडा अधिवेशनबाट चुनिएका प्रतिनिधि

नेपाली काँग्रेसको यही माघ २५ गते हुने १३ औं महाधिवेशन नजिकिदै गर्दा म्याग्दीका एक नगरपालिका सहित ३५ वटै गाविसहरुमा शुक्रवार गाउँ समिति एवं क्षेत्रीय प्रतिनिधिहरुको अधिकांश ठाउँमा सर्वसम्मतरुपमा र केही ठाउँमा केही पदका लागि निर्वाचन गरी चयन गरिएको छ ।
IMG_5362
निकै प्रतिष्पर्धी र विगतका अधिवेशनहरु भन्दा फरक किसिमले यस पटकको अधिवेशन सम्पन्न हुने अनुमान गरिरहेका बेला नगरका वडा तथा गाउँ कार्यसमितिमा अधिकांश निर्विरोध रुपमा समिति चयन हुनुले जिल्ला नेतृत्वमा पनि सहमति पूर्वक नै नेतृत्व चयन गर्न सकिने संकेत गाउँ तथा वडा अधिवेशनले दिएको छ ।

प्राप्त जानकारी अनुसार बेनी नगरपालिकाका १४ वटै वडा लगाएत सम्पूर्ण गाविसहरुमा सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि चयन हुनुका साथै समिति गठन गरिएको छ । गाउँ वा नगर वडा समितिको सभापति स्वतः क्षेत्रीय प्रतिनिधि हुन पाउने व्यवस्था नेपाली कांग्रेसको विधानमा रहेको छ । यसै क्रममा बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा बसन्त बोगटीको सभापतित्वमा वडा कार्य समिति गठन भएको छ ।
IMG_5387
क्षेत्रीय प्रतिनिधिहरुमा नेत्रवहादुर महत,विक्रम बोगटी चयन हुनुभएको छ । त्यस्तै बेनपा २ अर्जममा ओमवहादुर आले सभापति,गृहप्रसाद थापा ,दलवहादुर थापा र चन्द्रकली आले क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ । त्यसैगरी बेनी नगरपालिका ३ ज्यामरुककोटमा क्षेत्रवहादुर थापाको सभापतित्वमा टीकावहादुर कार्की सचिव,चन्द्रकान्त शर्मा कोषध्यक्ष रहनुभएको १२ सदस्यीय समिति गठन भएको छ । क्षेत्रीय प्रतिनिधिहरुमा सभापति सहित डिलवहादुर कार्की,यामवहादुर कार्की र महिला प्रतिनिधिमा कुशुम मल्ल रहनुभएको छ । त्यसैगरी बेनपा ४ मा क्या. मीनवहादुर कार्कीको सभापतित्वमा प्रताप मल्ल उपसभापति,सुधिर शाह सचिव रहनुभएको ९ सदस्यीय समित गठन भएको छ । क्षेत्रीय प्रतिनिधिहरुमा सभापति सहित कल्पना घर्ती,प्रविण सापकोटा र धु्रवराज कार्की चयन हुनुभएको छ ।

त्यसैगरी बेनी नगरपालका वडा नं ५ छापमा मनोज कार्की सभापति र तारानाथ रेग्मी,दीर्घबहादुर बानियाँ, र अमृतादेवी बानियाँ क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ । त्यस्तै बेनपा ६ मा रमेशकुमार श्रेष्ठ सभापतिमा चयन हुनुभएको छ भने क्षेत्रीय प्रतिनिधिहरुमा हरिकुमार श्रेष्ठ,अजयमिलन श्रेष्ठ,यशोदादेवी वानियाँ र निर्मला श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै बेनपा ७ मा धनप्रसाद श्रेष्ठ सभापतिमा चयन हुनुभएको छ भने क्षेत्रीय प्रतिनिधिहरुमा डा. भुपेन्द्रवहादुर खड्का,अनोज श्रेष्ठ र बिमला गौचन रहनुभएको छ ।
IMG_5373
त्यसैगरी बेनपा ९ घतानमा चक्रवहादुर केसी सभापति, रुद्रवहादुर केसी,सम्मर वहादुर थापा र शोभा चोखाल क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ । त्यसैगरी बेनपा १० तोरीपानीमा प्रेमवहादुर खत्री (राजु) सभापति,यामवहादुर खत्री,रामवहादुर शाही र शारदा विक क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ । त्यस्तै बेनपा ११ मा तेजप्रकाश वानियाँ सभापति,लिलावहादुर वानियाँ, कृष्णवहादुर वानियाँ र पशुपति कार्की क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ । त्यसैगरी वेनपा १२ पुलाचौरमा हेमवहादुर खत्र्री सभापति, माधवप्रसाद रेग्मी,सुरतवहादुर भण्डारी र शान्ति शर्मा क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ ।
त्यस्तै बेनपा १३ तातोपानीमा मीनवहादुर बानियाँ सभापति,जीतवहादुर वानियाँ र योगेन्द्र खत्री क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ । महिला प्रतिनिधि भने पछि मनोनित गरिने वताइएको छ । त्यस्तै बेनपा १४ सिंगामा डम्मरवहादुर शाही सभापति,नवराज पौडेल,रणवहादुर शाही र विना खड्का क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ ।

त्यसैगरी पात्लेखेत गाविसमा सु. शिववहादुर शाहीको सभापतित्वमा गाउँ कार्य समिति गठन भएको छ । पात्लेखेतबाट क्षेत्रीय प्रतिनिधिमा चिरञ्जिवि शर्मा,भरत रकाल,रिमप्रसाद रोका,रिमवहादुर रोका,दण्डपाणी पराजुली,भवदत्त शर्मा,मनप्रसाद श्रीपाली,पार्वती पौडेल र सिता आचार्य चयन हुनुभएको छ ।
त्यसैगरी भकिम्ली गाविसमा क्या. जसवहादुर पुनको सभापतित्वमा गाउँ कार्यसमिति गठन भएको छ । भकिम्लीवाट क्षेत्रीय प्रतिनिधिहरुमा दुर्गाराम सुवेदी,रामजी सुवेदी,सोमवहादुर हुमेन,लक्ष्यवहादुर छन्त्याल,जमुनाकुमारी रोका,यामकुमारी केसी,कृषिवहादुर छन्त्याल,कर्णवहादुर घर्ती मगर र मनकुमारी विक चयन हुनुभएको छ ।
12644689_945882592165730_8861714134127429853_n
त्यसैगरी निस्कोट गाउँ कार्यसमितिको सभापतिमा तुलबहादुर पुन चयन हुनुभएको छ । क्षेत्रीय प्रतिनिधिमा दुर्गामती पुन, जानकी मल्ल, थमन घिमीरे बिक, अमृत सापकोटा, भवबहादुर पुन, देविप्रसाद आचार्य, जयबहादुर मल्ल, जिवलाल जैसी र ज्ञानबहादुर पुन छनौट हुनुभएको जनाइएको छ । नेपाली काँग्रेस दग्नामको गाउँ सभापतिमा एक बहादुर गर्वुजा चयन हुनुभएको छ ।
12647517_1106610339369500_1220952988051139637_n
उपसभिापतिमा धनप्रसाद गर्वुजा,सचिव कृष्ण बहादुर गर्वुजा,सहसचिव पविन गर्जुजा,कोषाध्यक्ष त बहादुर शेरपुञ्जा ,सहकोषाध्यक्ष थम थजाली रहनुभएको छ भने सदस्यहरुमा बिल बहादुर बर्देवा,गम बहादुर गर्वुजा,म बहादुर गर्वुजा,जितमन पाइजा,सुमित्रा गर्वुजा,मिन कुमारी गर्वुजा,बिना गर्वुजा,राम कुमारी पुन,भक्त बहादुर पुन ,नर बहादुर वि.क र खड्क बहादुर गर्वुजा चयन हुनुभएको छ । त्यस्तै बरिष्ठ सल्लाहाकारमा लिलमन गर्वुजालाइृ चयन गरिएको छ।
महाधिवेसन प्रतिनिधिमा महिलार्फ सुमित्रा गर्वुजा र विना गर्वुजा, जनजातिर्फ जितमन पाइजा, अल्पसङख्यकर्फ भिम बहादुर थापा,खुल्लार्फ कृषण बहादुर गर्वुजा,धनप्रसाद गर्वुजा,त बहादुर शेरपुञ्जा,गम बहादुर गर्वुजा र दलितर्फ विर बहादुर बर्देवालाई चयन गरिएको छ । कार्यक्रम दग्नाम गाउँ इकाई समितिका सभापति ललिमन गर्वुजाको सभापतित्व,समाजसेवि खम्बिर गर्वुजाको प्रमुख आतिथ्यता,गाउँ इकाई समितिका सचिव कृष्ण गर्वुजाको स्वागत र सदस्य गुन पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
IMG_5390
बेनी नगर पालिकाका वडाहरुमध्ये निकै प्रतिष्पर्धी हुने ठानिएका बेनपा ४ बगरफाँट र वेनपा १२ पुलाचौरमा निर्विरोध रुपमा समिति र क्षेत्रीय प्रतिनिधिहरुको चयन गरिएको छ । जिल्ला कार्य समितिका सचिवद्धय क्या.मीनवहादुर कार्की र माधवप्रसाद रेग्मीको क्षेत्रमा कडा प्रतिष्पर्धा हुने अनुमानका विपरित यी दुवै वडामा सर्वसम्मतरुपमा समिति चयन गरिएको हो । बेनपा ४ वगरफाँटमा सहमति गराउनका लागि जिल्ला सचिव क्या. मीनवहादुर कार्कीले आफूँ वडा कार्य समितिको सभापति पद समेत सम्हाल्नु प¥यो भने वडा नं १२ पुलाचौरमा जिल्ला कार्य समितिका सचिव माधवप्रसाद रेग्मीले निकै ठूलो कसरत गरेर सर्वसम्मतरुपमा समिति र क्षेत्रीय प्रतिनिधिहरुको चयन कार्य सम्पन्न भएको जनाइएको छ । पुलाचौरमा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिमा चयन हुन सफल सदस्यहरुलाई सचिव माधवप्रसाद रेग्मीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । धु्रबसागर शर्मा