कोरला नाका खोल्ने चिनियाँ सहमतिले धौलागिरिबासी उत्साहित

मुस्ताङसंग जोडिएको तिब्वतको कोरला नाका खोल्न धौलागिरि अञ्चलबासीले गत शनिबार गरेको अञ्चल भेलाको एक हप्ता नपुग्दै चिनियाँ टोलीले कोरला नाका सहित ७ नाका र दुई सुख्खा बन्दरगाह सञ्चालन गर्ने सहमति जनाएपछि धौलागिरिबासी उत्साहित भएका छन् । भारतसंग जोडिएका नाका बन्द भएपछि त्यसको विकल्पमा चिनियाँ पक्षसंग भएको छलफलको क्रममा नाकालाई नियमित सञ्चालन गर्न २० बुँदे सहमति भएपछि अस्थायी रुपका सञ्चालन भइरहेको नाकालाई ब्यवसायीक रुपमा सञ्चालन गर्ने सहमतिले धौलागिरि अञ्चलको सम्रग विकासमा महत्वपुर्ण भूमिका खेल्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले कोरियाबाट बेनीअनलाइनलाई बताए ।
11202858_905893916162791_8631677106428777812_n
‘निकै खुसी बनाएको छ । हामीले पनि नाकालाई प्राथमिकतामा राखेर छलफल गरेको सफल भयो’ उनले भने । कोरियामा जलविद्युत लगानी सम्बन्धित छलफलमा सहभागि हुन पुगेका श्रेष्ठले धौलागिरि अञ्चलबासीको तर्फबाट चिनियाँ सरकारलाई धन्यवाद समेत दिएका छन् । गत शनिबार श्रेष्ठको संयोजकत्वमा म्याग्दीको सदरमुकाम बेनीमा धौलागिरि अञ्चलका सरोकारवाला बिच भएको भेलामा चिनको तिब्वतसंग जोडिएको नाका बर्षौदेखी बन्द हुदाँ धौलागिरि अञ्चलका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्लाको विकास निर्माण, ब्यापारिक केन्द्र तथा अन्य सम्भावनालाई समेत असर गरेकाले तत्काल नाका सञ्चालन गर्न घोषणापत्र समेत जारी गरेको थियो ।
12188970_905891889496327_6492803467677811028_n
भारतले दक्षिणका सिमा नाकाहरुमा गरेको अघोषित नाकाबन्दीका कारण देशभरको जनजिवन प्रभावित बनिरहेको अवस्थामा नेपाल र चीनबीच ब्यापारीक दृष्टिकोणले सबैभन्दा नजिक तथा उत्तम मानिएको कोरला नाकामा देखिएको समस्यालाई राज्यस्तरबाटै समाधान गर्ने गरी भएको सहमति स्वागतयोग्य भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनकुमार विश्वकर्माले बताए ।नाका सञ्चालनमा आएमा धौलागिरि अञ्चलको पुर्वाधार विस्तारका साथै ब्यापारिक केन्द्र बनाउन समेत सहज हुने उनको भनाई छ ।
12189957_905892216162961_786826885257996090_n
२०६२ साल देखी नाका सुचारु गर्न भएको पहललाई चिनियाँ पक्षबाट साचो नदेखाइएकाले पनि सफल हुन सकेको थिएन् । सन् १९७४ मा तिब्वती धार्मिक नेता दलाई लामाका अनुनायीहरूले गरेको खम्पा विद्रोह र त्यसयता स्वतन्त्र तिब्वतको पक्षमा भएका आन्दोलनका कारण समेत नाकामा दुवै देशबाट कडाई भएको थियो । करिव ४ दशकपछि गत असारमा सञ्चालन भएको नाकामा एक महिनामै डेढ लाख राजश्व संकलन भएको थियो । कोरला नाकाबाट तिब्वतर्फ करिव ३० किलोमिटरको दुरीमा तिब्वतीको बसोबास रहेको छ ।
12191610_905890396163143_6675960883344263556_n
नेपाल र चिनियाँ पक्ष विचको समझदारीमा राहदानी विनै सिमा वारपार गर्ने गरेको भएपनि तिब्वती धार्मिक नेता तथा दलाइ लामाका निकट मानिने तिब्वतीहरू सिमाबाट लुकिछिपी मुस्ताङ आउन थालेपछि २०६० साल देखी ६३ सम्म चिनियाँ क्षेत्रमा१० फुट अग्लो तारवार लगाएर गेट बन्द गरेको थियो । उपल्लो मुस्ताङको राजधानी लोमान्थाङदेखी तिब्वतको झोङवासेन जिल्लासम्म करिव १ सय ५० किलोमिटर सडक रहेपनि तिब्वतको सागा सहरसम्म ४० किलोमिटर रहेको छ । हरिकृष्ण गौतम

तस्विर सौजन्य सन्तोष शेरचन