यस्तो छ मोनाको १८ बुँदे को घोषणा पत्र

म्याग्दी प्रवासी नेपाली संघ मोना आईसीको दुईदिने सम्मेलनमा १८ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै कात्तिक २ र ३ गते सकिएको थियो । प्रवासी म्याग्देलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि भन्ने नाराका सकिएको सम्मेलनमा १४ राष्ट्रका ५४ प्रतिनिधिको सहभागिता रहेको थियो । विश्वभर रहेका म्याग्देलीलाई एउटै छाताभित्र ल्याउने उदेश्यले स्थापना भएको मोना आईसीमार्फत सार्वजनिक भएको घोषणा पत्रमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटनका साथै जिल्लाकै बहुचर्चित जिल्लाभर इन्टरनेट विस्तारको योजनालाई समेत प्राथमिकतामा राखिएको छ ।

महत्वकांक्षी घोषणा पत्र भनेर समेत ब्याख्या गरिएपनि पहिलो सम्मेलनले जिल्लाभरको आवश्यकतालाई प्राथमिकतामा राखेर अगाडी बढ्ने गरी घोषणा पत्रमा समावेश गरेको मोना आईसीका अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले बताए । ‘प्रवासी म्याग्देलीको आवाजलाई समेट्ने प्रयास गरेका छौ । घोषणापत्रमै रहेर धेरै गतिविधि आगाडी बढ्नेछन्’ उनले भने । जिल्लाभित्र प्रवासी म्याग्देली मार्फत भइरहेको सहयोगका साथै मोनामा आवद्ध संघसंस्थामार्फत गरिएका नियमित कार्यक्रमलाई समेत समेटिएको छ ।
benionline (2)
benionline (1)