प्रवासमा रहेका म्याग्देली महिलालाई मोनामा ल्याउँछुः टिका गुरूङ

65131_103267786514209_216562854_nमोना सम्मेलनबाट महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी टिका गुरुङले प्रवासमा रहेका महिलालाई मोनामा आवद्ध बनाउने बताएकी छन् । रोजगार, ब्यापार तथा पारिवारिक सिलसिलामा प्रवासमा रहेका महिलाहरू आवद्ध भएका संघसंस्था सक्षम र सफल भएको बताउँदै गुरूङले मोनामा आवद्ध भएका देशमा रहेका महिलासंग भेटघाट तथा टेलिफोन, सामाजिक सञ्जाल लगाएतबाट समेत सम्पर्क र सहकार्य गरिने बताईन् । ‘यो एउटा अवसर हो, सबैठाउँमा हामी नपुग्न सकिन्छ तरपनि नियमित सम्पर्क रहने नेटर्वक बनाउँछु’ उनले भनिन् । उनले मोना हङकङ अन्र्तरगतको महिला सेलमार्फत धेरै कार्यक्रम भइरहेको बताउँदै महिला सम्बन्धि दिवसहरू, अन्र्तरक्रिया, महिलाको क्षमता विकास गर्न सकिने क्षेत्रहरूमा काम गर्ने गरी योजना बनाउने बताईन्।

पहिलो अधिवेशन भएकाले पनि नेतृत्वमा रहेर धेरै काम गनुपर्ने आवश्यकता र जिम्मेबारी रहेको बताउँदै गुरूङले विधानमा महिलालाई नेतृत्वमा राख्ने गरी गरिएको संसोधनलाई पुष्टी गर्ने गरी काम गर्ने बताईन् । बेनीअनलाइनका हरिकृष्ण गौतमसंग कुराकानी गर्दै हङकङमा रहेको नेपाली महिला संघको अध्यक्ष समेत रहेकी गुरूङले महिलालाई अवसर दिए गरेर देखाउँछन् भन्ने प्रसस्त उदाहरण हङकङमा रहेको बताईन् । सन् २००६ देखी एनआरएनमा सक्रिय रहेकी गुरूङले महिलालाई सक्षम बनाउन क्षमता विकास र अवसर दिनुपर्नेमा जोड दिईन् ।
12112433_528257697348547_630297812027952341_n
नमोबुद्ध मर्दश समाज, एनआरएन हङकङ, तमु समाज, साहरा क्लव लगाएतका संघसंस्थामा समेत आवद्ध रहेकी गुरूङले शिक्षा, ब्यापार, सामाजिक क्षेत्रमा महिलाको उपस्थिती बलियो बन्दै गएको बताईन् । उनले कर्मभूमिबाट जन्मभूमिलाई सहयोग जुटाउन मोनाले नेतृत्वदाही भूमिका निर्वाह गर्ने बताईन् । प्रवासमा घरगृहणीका रुपमा रहेका महिलालाई समेत आवद्ध बनाएर महिला सम्बन्धि विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता समेत जनाईन् । प्रथम अधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघमा महिलाको उपस्थिती न्युन भएपनि त्यसलाई समान्य लिनुपर्नेमा जोड दिईन् । विभिन्न देश तथा प्रतिनिधिको सहभागिता हुनुपर्ने भएपनि दोस्रो अधिवशेन तथा सम्मेलनमा भने महिलाको उपस्थिती बलियो हुने गुरूङको दावी छ ।