प्रवासी म्याग्देलीको सम्मेलनले जिल्लमा दिर्घकालिन योजना बनाउँछ

मोना सम्मेलनका प्रचारप्रसार उपसमितिका संयोजक रमेश गिरीसंग पत्रकार धुर्वसागर शर्माले सम्मेलनका बारेमा गरेको कुराकानीको अंश
म्याग्दी प्रवासी नेपाली संघ (मोना)को विश्व सम्मेलन तथा पहिलो अधिवेशन आजदेखि सदरमुकाम बेनी बजारमा सुरु भएको छ । यो सम्मेलनको सफलताका लागि जिल्लावासीहरुबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
10361335_404963313007815_8983427069107910937_nविश्वभर छरिएर रहेका प्रवासी म्याग्देलीहरुलाई एकताको एउटै सुत्रमा बाँधी प्रवासी म्याग्देलीहरुबाट जिल्लाको विकास निर्माण, शिक्षा, स्वास्थ्य र समग्र म्याग्दीको समृद्धिमा प्रवासी म्याग्देलीहरुले पु¥याएको सहयोग योगदानलाई अत्यन्त पारदर्शी ढंगले एकद्वार प्रणालीमार्फत् सम्बन्धित ठाउँ, क्षेत्र र समुदायबीच पु¥याउन आपसी सहयोग, समझदारी र सद्भावनालाई बलियो बनाउने एउटा पवित्र उद्देश्यका साथ यो संस्था गठन भएको हो । एउटा अत्यन्त पवित्र उद्देश् यबोकी भएको संस्था भएका कारण यसको प्रत्येक गतिविधिलाई समस्त म्याग्दीबासीहरुले निकै चासो र सम्मानका साथ हेर्दछन् । यसै सन्दर्भमा आजेदेखि म्याग्दी प्रवासी नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रथम विश्व सम्मेलन तथा अधिवेशन बेनीबजारमा सुरु भएको छ । यो सम्मेलन सफल पार्न र प्रवासी म्याग्देलीहरुलाई स्वागत गर्न म्याग्दी जिल्लास्थित सम्पूर्ण राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था, जिल्ला विकास समिति, बेनी नगरपालिका, बैंक तथा बित्तीय संस्था, उद्योगी, व्यवसायी लगायत आम म्याग्देली जनताहरुले देखाएको चासो नै यो सम्मेलनको सफलताको सूचक हो जस्तो लाग्छ ।
वास्तवमा हाम्रो अपेक्षा भनेको नै यसका हरेक गतिविधि एवम् क्रियाकलापहरुलाई आम म्याग्दीबासीहरुले नजिकैबाट नियालुन् जसले गर्दा प्रवासी म्याग्देलीहरुका बीचमा आपसी सद्भाव र भातृत्वको सम्बन्ध बिस्तार होस् भन्ने नै हो । सम्मेलनको नजिकै आइपुग्दै गर्दा म्याग्दीबासीहरुले सम्मेलन सफलताका लागि अत्यन्त उत्साहका साथ देखाउनुभएको माया, ममता, सहयोग र सद्भाव नै जिल्लाबासीहरुबाट प्राप्त भएको सर्वोत्तम उपहार हो । यो अर्थमा हामी आयोजकहरु जिल्लाबासीप्रति सदैव ऋणी रहनेछौं ।

यो सम्मेलनबाट कस्तो नेतृत्वको चयनहोस् भन्ने चाहनुभएको छ ?
हाम्रो चाहना र अपेक्षा भनेको नै पूर्ण सहमतिका आधारमा सर्वसम्मत तवरले नेतृत्वदायी भूमिका खेल्न सक्ने क्षमतावान्, म्याग्देली प्रवासीहरुको सद्भाव र भातृत्वलाई सदैव एकताको एउटै सुत्रमा बाँधी विश्वभरका म्याग्देलीबीच समन्वय गरी समन्वयकारी भूमिका खेल्न सक्ने नेतृत्व चयन होस् भन्ने चाहना सबै म्याग्देलीहरुको हो र हामी यसमा अत्यन्त आशावादी छौं ।

प्रवासी म्याग्देलीहरुबाट जिल्लाले गरेको अपेक्षा के हो ?
प्रवासी म्याग्देलीहरुले जिल्लाको विभिन्न क्षेत्रमा पु¥याएको सहयोगलाई म्याग्दीबासीहरुले अत्यन्तै सम्मान र हार्दिकताका साथ लिने गर्दछन् । हाम्रो जिल्ला अत्यन्त सम्भावनाहरु बोकेको जिल्ला भैकन पनि शिक्षा, स्वास्थ्य र विकास निर्माणमा निकै पिछडिएको जिल्लाहो । म्याग्दीबासीहरुको चाहना भनेको नै ती जिल्लामा रहेका सम्भावनाहरुलाई उजागर गर्नमा प्रवासी म्याग्देलीहरु विदेशमा सिकेको सीप, दक्षता र अनुभवका आधारमा लगानी भित्राउन सहयोग पुगोस् भन्ने नै हो । जलविद्युत, पर्यटन, कृषि तथा पशुपालन र हाम्रो जिल्लाका तातोपानी कुण्डहरुलाई आयुर्वेद औषधालयका रुपमा जिल्लालाई चिनाउन प्रवासी म्याग्देलीहरुको सहयोग रहोस् भन्ने जिल्लाबासीको अपेक्षा रहेको छ ।

प्रवासी म्याग्देलीहरुले गर्दै आएको सहयोगलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ ?
नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा म्याग्दीलाईउ वितरण गरेको एम्बुलेन्स, एम्बुलेन्सन सञ्चालनका लागि राखिएको अक्षयकोष, जिल्लाका ३ फरक क्षमता भएका विद्यार्थीहरुलाई अध्ययन गराउने विद्यालयमा राखिएको अक्षयकोष, सामुदायिक विद्यालयबाट एसएलसी परीक्षामा सर्वोत्कृष्ट हुने छात्रछत्राहरुलाई दिइने छात्रवृत्ति, म्याग्दी जिल्ला अस्पतालमा गरिएको विभिन्न सहयोग, आपतविपदमा जिल्लाबासीहरुलाई गर्ने सहयोग लगायत जिल्लाका विभिन्न क्षेत्र, समुदायमा प्रवासी म्याग्देलीहरुले पु¥याएको सहयोगलाई जिल्लाबासीहरुले सदैव आफ्नो अन्तस्करणमा राखेका छन् जस्तो लाग्छ । यसरी हेर्दा हामी के भन्न सक्छौं भने प्रवासी म्याग्देलीहरुले आफ्नो जिल्लाप्रति कति संवेदनशील छन्, जन्मभूमिप्रतिको मायालाई हृदयमा राखी उहाँहरुले देखाएको माया, ममता र स्नेहलाई सायद हामीले लेखाजोखा गर्न अलि कठिन नै हुन्छ कि ?

अन्त्यमा, सम्मेलनको पूर्ण सफलता र उपलब्धीमूलक नतिजाको कामना गर्दै समय दिनुभएकोमा यहाँप्रति आभार व्यक्त गर्दछ ।
हामी एकदमै आभारी छौं कि जिल्लाको विविध क्षेत्रलाई विश्वमाझ चिनाउन, आपसी सद्भाव, भातृत्व र समग्र म्याग्दी जिल्लाको समृद्धिमा यो एउटा कोसेढुङ्गा सावित होस् भन्ने उद्देश्यका साथ योृ विश्व सम्मेलनको तयारीमा जुटेका हामीलाई आफ्ना भनाई र सम्मेलनको उद्देश्यहरु आम म्याग्दीबासीमा राख्ने अवसर दिनुभएकोमा । आउनुहोस् सबै म्याग्देलीहरुले हातेमालो गरी यो विश्व सम्मेलन सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं भन्ने आव्हानका साथ लाई हाम्रो अभियान आम म्याग्दीबासीबीच पु¥याउन सहयोग गरेकोमा पुनः धन्यवाद दिन चाहन्छु ।