सकियो म्याग्दी महोत्सव

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पाँचौ म्याग्दी महोत्सव एवंमाघे संक्रान्ति तथा कृषि औद्योगिक ब्यापार मेला आइतबार सकिएको छ । गत पुष २५ गते देखि सुरू भएको महोत्सवमा करिव ६ करोड कारोबारसँगै एक लाख ५० हजारले अवलोकन गरेको संघका अध्यक्ष जिवनकुमार विश्वकर्माले बताउनुभयो । महोत्सवको अवसरमा जिल्लाका लोपउन्मुख कला र सस्कृति, टिम्मुर, सिस्नोको धुलो,अल्लोको कपडा, ग्राउण्ड एप्पल, किबी, खरायोपालन लगाएत महिला उद्यमीद्धारा उत्पादिन बस्तुको सम्भावना उजागर गर्न सफल भएको आयोजकको भनाई छ ।
IMG_3908
जिल्लाको रुम गाविसको ढुङ्गा, कुहुँ झर्जुलाको स्लेट ढुङ्गाका साथै कृषि, पशु, लघु, घरेलु, औद्योगिक उत्पादन, वन पैदावारका लागि ४० वटा स्टल निशुल्क गरिएको थियो । महोत्सवमा २२ लाखको टिकट विक्री हुनुका साथै विभिन्न क्षेत्रबाट ६७ लाख आर्थिक सहयोग प्राप्त भएको आयोजकको भनाई छ । महोत्सवको अवसरमा जिल्लालाई फ्रि वाईफाई बनाउने अभ्यास स्वरुप खुल्लामञ्च आसपासमा निशुल्क इन्टरनेट, कालिगण्डकीमा ¥याफटिङ, फोटो प्रर्दशनी लगाएतका आर्कषण स्टल राखिएको थियो । कालिगण्डकीमा सञ्चालन गरिएको याफटिङलाई ब्यवसायीका रुपमा सञ्चालन गर्न समेत महोत्सवले भुमिका खेलको छ भने जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको पहिचान, पुर्वाधा विस्तार लगाएतमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।