गाविसस्तरिय महिला भलिवलको उपाधी अर्मनलाई

खुल्लामञ्चबाट अपडेट
???????????????????????????????
???????????????????????????????
???????????????????????????????
???????????????????????????????
???????????????????????????????

म्याग्दीको बेनीमा सञ्चालित गाविसस्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलको उपाधी अर्मले हात पारेको छ । खुल्लामञ्चमा सञ्चालित खेलमा अर्मनले नारच्याङलाई २ का विरुद्ध तिन सेटले विजय हात पारेको हो । निकै रोमाञ्चक खेलमा अर्मनले पहिलो दुई सेट आफ्नो हातमा पारेपनि नारच्याङले दुई सेट आफ्नो पक्षमा पारेको थियो ।१० गाविस सहभागि भएको प्रतियोगित हेर्न खुल्लामञ्चमा दर्शकको भिड रहेको छ ।

पुरुष भलिबलको बिजेता र उपबिजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमश नगद ७५ हजार र ५० हजार रुपैया पुरस्कार प्राप्त गर्ने खेलकुद उपसमितिका संयोजक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार महिला भलिबलको बिजेता र उपबिजेतालाई क्रमश नगद ५० हजार १११ र २५ हजार १११ रुपैया पुरस्कार प्रदान गरिने भएको छ । यसैविचपश्चिमाञ्चल विकास क्षेत्र स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा सुरु भएको छ । स्याङ्जा र नवलपरासीको प्रत्यक्ष प्रसारण बेनीअनलाइनमार्फत हेनुहोला ।