भलिवलको फाइनल प्रत्यक्षप्रसारण गरिने

पश्चिमाञ्चलस्तरिय भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नुपयो भन्दै टेलिफोन, इमेल र समाजिक सञ्जालमार्फत आग्रह गरेपछि आइतवार हुने फाइनल खेलको बेनीअनलाइनमार्फत प्रत्यक्ष गरिने भएको छ । फाइनलमा नवलपरासी र स्याङ्जा पुगेका छन् । ‘बेनीअनलाइनले हामीलाई म्याग्दीमै बसेर महोत्सव अवलोकन गरेको जस्तो अनुभुति दिलाएको छ’ । हामीलाई भलिबल खेलको फाइनलपनि देखाउने ब्यवस्था मिलाइदिनुहोस्’ म्याग्दी समाज समिति दक्षिण कोरियाका खेलकुद संयोजक गंगाराज बानियाँले भने ।
???????????????????????????????
भलिवल खेलाडी समेत रहेका बानियाँसँगै प्रवासमा रहेका म्याग्देलीको इच्छको कदर गर्दै प्रत्यक्ष देखाईने छ । आइतबार विदा समेत परेकाले धेरैले प्रत्यक्ष हेर्न इच्छा जनाएका हुन् । म्याग्दी उद्योग बाणिज्य संघको मुल संयोजनामा भइरहेको पाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक ब्यापार मेलाको नियमित प्रत्यक्ष प्रसारण भइरहेको छ । आइतबार सकिने महोत्सवमा लोकदोहोरीको फाइनलका साथै विविध कार्यक्रम रहेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताए ।