आँसु पुच्छने रूमाल लिएरगएकाहरू पंगेनीका गितमा नाँचे

हरिकृष्ण गौतम
धेरैलाई लागेको थियो बद्री पंगेनीले गित गाउँदैगर्दा सबैको हातमा रुमाल चाहिन्छ, अधिकाँसको आँखामा आसु हुन्छ, तर शुक्रबारको साँझ त्यस्तै भएन । उनले धेरै आमालाई सम्झिए तर गित युवापुस्तालाई लक्षित गरेर गाए । बद्रीले साँझमा पनि रुवाउँछ भन्नेहरू विफल भए, पंगेनीले बालबालिका देखि बृद्धबृद्धासम्मलाई अनुकुल हुने गित गाएर स्टेज तताईरहे ।

???????????????????????????????नेपाली गायनको क्षेत्रमा फरक परिचय बनाएका पंगेनीले स्टेजको अर्को भागबाट गित गाउँदै आएपछि दर्शकले चर्को हुटिङ गरे । आफ्नो प्रस्तुतीको सुरुवातमै राजनितिक दललाई जनताको ऋण तिर्न भन्दै जिल्ला नेतृत्वले केन्द्रमा बद्रीले म्याग्दीमा यस्तो भनेको छ भन्दिुनुहोला भन्दै देशको परिभेषका बारेमा समेत दर्शकलाई जानकारी गराए । राजतन्त्रको अन्त्यका लागि सुरू भएको दोस्रो जनआन्दोलनमा आन्दोलनमा उत्र्रिएका जनताको हौसला बढाउन स्टेज देखि सडकसम्म गाउदै हिडेका पंगेनीले तिन ठुला दल नेपाली काँग्रेस नेकपा एमाले, एमाओवादीलाई ब्यंग्य गर्दै भने,‘ नयाँ नेपाल बनाउँछु भन्नेले किन गर्छौ कुर्ची तानाताम, मिल्दैन बनाउन तिनवटा कुर्ची’, समयमै बनाउन संविधान’ भन्दै दर्शकलाई संविधान सम्बन्धि जानकारी गराउँन समेत भ्याए ।

क्रान्तिकारी गायकका रुपमा समेत आफ्नो परिचय स्थापित गर्न सफल भएका पंगेनीले गितको विचमा कालिगण्डकीको किनारमा बालुवा चाल्नेहरु, बेनीमा दुख्ख गरी बाल्लबच्चा पाल्नेहरु, अझैनी संविधान आएको छैन है, म्याग्दीका जनताले भनेझै भाको छैन है’ घर निस्कनै लागेका दर्शकलाई समेत रोक्न सफल भएका थिए । म्याग्दीले निम्तो दिएपछि फुरुक्क परेर आउन पंगेनीका हरेक गित सबै उमेरका नेपालीले रुचाउँने गर्दछन् ।

त्यस्तै शुक्रबार चर्चित लोकगायक पशुपती शर्माले आफ्नो ससुराली गलेश्वरमा रहेको भन्दै सबैको ध्यान खिचेका थिए । उनले राहुरेको जिल्ला समेत भनेर चिनिने म्याग्दीका युवालाई लक्षित गरेर ‘ मलाई अमेरिका यही, मलाई जापान पनि यही सहित विभिन्न चर्चित गित गाएका गिए । लोकसांगितिक क्षेत्रलाई निरन्तर आफ्नो पकटमा राख्न सफल भएका शर्माले जातिय परिभेषसँगै हिन्दु महिलाको प्रमुख पर्व तिजमा समेत गित गाउने गर्दछन् । शुक्रबार नेपाली लोकसंगितका स्रस्टा समेत मानिने प्रजापति पराजुलीका साथै स्थानिय ब्याण्ड डायल ९११ ले समेत आफ्नो प्रस्तुती राखेका थिए ।