हेमन्तले दर्शक लठ्याए

हरिकृष्ण गौतम

म्याग्दी र कालिगण्डकी नदीको दोभान नजिक अवस्थित खुल्लामञ्चमा विस्तारै भिडभाड बढ्दै थियो । युवायुवती समुह बनाएर नाचिरहेका थिए, साझँ छिप्पिदै गइरहेको थियो । ‘मायाँ त यस्तो होस्’ भन्दै स्वरका धनी गायक हेमन्त शर्मा गाउन के लागेका थिए खुल्लामञ्चको चारैतिरबाट दर्शक गाउदै नाच्न थाले । ‘तिमी अर्कै घरको मान्छे, म अर्केै घरको मान्छे’, ‘माँया सारै महँगो, कि मायाँ गर्नुहुनर, ‘थाप न थाप हातै’ जस्ता चर्चित गित गाउदा साना बालबालिका देखि बृद्धबृद्धाले समेत नाचेर साथ दिएका थिए । सबै उमेरका नेपालीले बुझ्ने शैलीमा गित गाउने गरेका शर्माले आफुँ म्याग्दीकै भएजस्तो दर्शकलाई बनाउन समेत सफल भएका थिए ।
IMG_3908
उनले गितका बिचबिचमा ‘तिमी ज्यामरुककोटको मान्छे, म पुलाचौरको मान्छे, तिमी रत्नेचौरको मान्छे, म बेनीको मान्छे’, ‘म कति धाउनु सानु तिम्रो लागि बेनीबजार’,आउँदै जादै गर्नु बेनी छैन पर, हे मरी लानु के छ र’ भन्दै गित गाउन थालेपछि दर्शक उत्साहित हुदै उनको प्रस्तुती अवधिभर नाँच्दै– गाउदै साथ दिएका थिए । स्टेजमा आधुनिक पप गितमार्फत दर्शकलाई लठ्याउन सफल गायक शर्मा गाउँदै दर्शक नजिक पुगेपछि सुरक्षाकर्मीलाई समेत सम्हाल्न हम्मेहम्मे भएको थियो ।
IMG_3916
उनको प्रस्तुतीमा जिल्ला अस्पतालका डाक्टर, म्याग्दीका प्रमुख जिल्ला अधिकारी, विभिन्न कार्यालयका प्रमुखका साथै आयोजक समेत नाँचेका थिए । प्रस्तोता समाजका अध्यक्ष समेत रहेका शर्माले आफ्नो प्रस्तुतीमा म्याग्दीका विभिन्न गाउँ तथा बेनीबजारलाई समेत टुक्का बनाएर गित गाएपछि म्याग्देलीको मन जित्न सफल भए । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा बिहिबार याम क्षत्री, कृष्ण समित सुबेदी, राजेन्द्र सापकोटाले समेत दर्शक नचाएका थिए भने शुक्रबार बद्रि पंगेनी, पशुपति शर्मा र प्रजापति पराजुलीको प्रस्तुती रहेको छ । माघ ३ गते शिव परियार, राधिका हमाल, कुमार पुन, भद्रगोल समुहका पाँडे र जिग्री, महोत्सवको अन्तिम दिन माघ ४ गते थानेश्वर गौतम, म्याग्दी कुहुँका दिपक शर्मा र म्याग्दी भकिम्लीकी लाली बुढाथोकीको प्रस्तुती रहेको कलाकार ब्यवस्थापन उपसमितिका संयोजक उत्तम कर्मर्चायले बताउनुभयो ।