शुक्रबारको साँझ तिन चर्चित कलाकारले तताउने

हरिकृष्ण गौतम
नेपाली गितसंगितको कुरा गर्दा प्रजापति पराजुली, बद्रि पंगेनी र पशुपती शर्माको नाम छुट्यो भने त्यो अन्याय हुन्छ । यी तिन कलाकारले नेपाली गितसंगितको क्षेत्रमा महत्वपुर्ण योगदान रहेको छ । लोकदोहोरी सम्राट समेत भनेर चिनिने पराजुलीका गित साना बालबालिका देखी बृद्धबृद्धासम्मले रुचाउँछन्, उनले विभिन्न विधामा आफ्नो प्रस्तुती प्रस्तुत गरेपनि गाउँघर, डाँडापाखामा गुन्जने धेरै गितमध्ये पराजुरीका पनि छन् ।
download
म्याग्दीमा हुने कार्यक्रममा निम्तो दिदाँ उत्साहित हुर्दै आउने पराजुली गायका धार्मिक गित हिजाआज निकै चर्चित छन्। गितसंगितलाई कमाउने माध्यम भन्दा पनि रमाउने, चेतना फैलाउने र मानव विचको सम्बन्धलाई बलियो बनाउने भन्ने धारणा भएका पराजुलीको प्रस्तुतीले शुक्रबार खुल्लामञ्च गुञ्जयमान हुने छ ।

298647_104624296316754_434920158_nत्यस्तै दर्शकलाई स्टेजमा पुग्नसाथ रुवाउने लोक गायक बद्री पंगेनीले देशको वर्तमान परिवेशमा आधारित भएर गित गाउने गरेका छन् । उनले सिधुर पुछिएकी चेलीलाई मात्रै होईन समाजिक सद्भाव जगाउनुका साथै मात्रृभुमीका पक्षमा जनतालाई जागरुक बनाउन समेत सफल भएका छन् । उनको प्रस्तुतीले धेरै कार्यक्रममा दर्शकको हातमा रुमाल हुने गर्छ । नेपालमा राजतन्त्रको अन्त्यपछि गणतन्त्र स्थापनाको क्रममा आन्दोलनकारीको हौसला बढाउन सडकमै विभिन्न गित गाएर चर्चामा आएका पंगेनीको लोकप्रियता संसारभरी छ ।

9078872badri pangeniयस्तै हरेक गितमा चर्चाको शिखर चुम्ने पशुपति शर्माको उपस्थितिले म्याग्दी महोत्सवमा रौनकता मात्रै थप्ने छैन्, यहाँका हरेक उमेरका मान्छेलाई सन्देश प्रवाह समेत गर्ने छ । ‘मलाई जापन पनि यही, मलाई अमेरिका पनि यही भन्ने गित’ गाएर विदेशीका युवाहरुसँगै विदेशीने योजना बनाएका युवालाई एकपटक सोच्न बाध्य बनाएका शर्माले जातिय भेदभाव विरुद्ध पनि दर्जनभन्दा बढि गित गाएका छन् । महिलाको महान पर्व तिज होस् या दर्शै वा अन्य कुनै परिभेष उनले आफ्नो गितमार्फत नेपालीलाई फुरुक्क पार्न गर्दछन् । म्याग्दी महोत्सवको सातौदिनसम्म आइपुग्दा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहेको छ ।