चिसो मौसममा तताए प्रशान्त तामाङले म्याग्देलीलाइ

बिस्तारै साझ पर्दे थियो, विद्युतिय प्रकश टल्किएको थियो । कार्यक्रम स्थलमा पुगेका युवा उमेरका मात्र होइन पाका उमेरका पनि प्रशान्त तामाङ्लाई हेर्न निकै उत्साहि थिए । म्याग्दी महोत्सवको पाचौ दिन भारतिय मुलका नेपाली गायक प्रशान्त तामङको गितमा म्याग्देली दर्शक उफ्रि उफ्रि नाचे । खचाखच भरिएको खुल्लामा मञ्चमा चिसो मौसमको व्यवास्था गर्दै स्वरमा स्वर मिलाएर म्याग्देली दर्शक दिल खुलेर नाचेका थिए । इण्डियन आइडल प्रशान्त तामाङ झरीको गीत गाउँदै स्टेज उक्ले । असारे महिना पानी प¥यो रुझाउने गीतसँगै प्रस्तुति सुरु गरी उनले खुल्ला मञ्चमा आफ्नो व्यग्र पखाईमा रहेका म्याग्देली संगीतपारखीलाई कर्णप्रिय गीतको जादु छरे । दिन ढलिसकेको चिसो मौसममा उनले नेपाली र हिन्दीसहित आधा दर्जन गीत पस्के ।
????????

????????

????????

????????

दर्शक उफार्न सिपालु यी गायकलाई दर्शकले पनि मज्जैले साथ दिए । प्रशान्तले स्वर भरेका अरे क्या नाम, मन साहिँली,बोलको गीत गाएर दर्शकलाई भरपूर मनोरञ्जन दिलाए । आयोजकले तामाङले ५:३० बाट आफ्नो गित प्रस्तुत गर्ने भनिएता पनि निकै ढिला शुरुभएको तामाङको प्रस्तुतीमा पनि दर्शकले खुलेर साथ दिएका थिए ।

पहिलो पटक म्याग्दीको भूमिमा पाइला टेकेका तामङले असारे महिनाबाट गित प्रस्तुत गर्न शुरु गरेका थिए शुरुदेखि नै दर्शकले साथ दिएका थिए। दर्जनौ नेपाली गितका साथै म्याग्दी दर्शकलाइ हिन्दीगितको समेत स्वाद चखाएका थिए । रातो रानी फुले झै साथमा..गोर्खा पल्टन..मन साइली तिमी गुरासको फुल जस्ती..जस्ता चर्चित गित प्रस्तुत गर्नुका साथै म्याग्देली दर्शकलाइ हिन्दी गितमा मर्डर फिल्मीको भिगे ओठ तेरे..जिन्दगी मिले ना दोबाराको सेनेरिटा…ए जवानी हे दिवानीको बट्मी दिल..जस्ता चर्चित हिन्दी गितले समेत दर्शकलाइ आफ्नो ठाउबाट उठेर नाच्न बाध्य पारेका थिए ।
????????

????????

????????

????????

इन्डियन आइडल भए लगतै हरेक नेपालीको मनमा बस्न सफल भएका तामाङले धेरै नेपाली र हिन्दी गित गाएता पनि जस्ले जे भने पनि यो मन त मेरो नेपाली भन्दै आफ्नो प्रस्तुतीको अन्तिम 1974 AD को यो मन त मेरो नेपाली हो गित गाउदा दर्शकले भरिएको खुल्ला मञ्चमा सबैले एक साथमा गाएका थिए । बच्चा देखि बुढा सम्मका दर्शकले उनलाइ खुलेर साथ दिएका थिए उनको प्रस्तुतीमा दर्शकलाइ सम्हाल्न जिल्ला प्रहरीबाट स्वमसेवकको रुपमा खटिएर आएका प्रहरी जवानहरुले दर्शकलाइ सम्हाल्न हम्मे हम्मे परेको थियो ।