‘हेर्दाहेर्दे कान्छीले सोलेडाँडा’

नेपाली लोकगीत क्षेत्रका बहुचर्चित गायक खड्ग गर्बुजाले खुल्लामञ्चमा जम्मा भएका दर्शकलाई नचाएका छन् ।पाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक ब्यापार मेलाको दोस्रो दिन गर्बुजाले हेर्दाहेर्दैै कान्छीले सोलेडाँडा,यानीमायाँ, सालैजोसँगै विभिन्न गितमा दर्शक नाचे, रमाए र मनोरञ्जन लिए ।

khadagaचिसोमौसम, त्यसमा पनि कालिगण्डकी र म्याग्दी नदीको संगमस्थल नजिक जम्मा भएका बालबालिका देखी बृद्धबृद्धासम्मलाई डाँडापाखामा बर्षो पहिले घन्किने लोकभाका गाउँदै, छमछमी नाचाए । करिव एकघण्टासम्म निरन्तर आफ्ना प्रस्तुती राखेका गर्बुजालाई प्रस्तुत गरेको अनुभव हुन नदिन दर्शकले गितसँग मेलखाने नृत्य समेत प्रस्तुत गरेर उनको आत्मबल बढाएका थिए । स्टेज सोमा आफ्नो कलात्मक प्रस्तुती गरेर स्वदेश तथा विदेशमा ख्याती कमाएका गर्बुजाको प्रस्तुतीबाट सबै उत्साहित भएका थिए ।

म्याग्दीको मराङ जस्तो दुर्गम गाउँमा २०२६ सालमा जन्मिएका गर्बुजा १७ बर्षको उमेरमा रुखमा घाँस काट्ने क्रममा लडेर अपाङ्ग भएपछि बासुरी र माहुरी वाजा बजाउने उनले २०४७ साल देखि आफ्नो सांगितिक यात्रा सुरु गरेका हुन् । ‘उहाँले गाउँले गित अहिले लोपउन्मुख अवस्थामा छन् । हामीले त्यसलाई भावि पुस्ताका लागि संरक्षण गर्नुपर्छ’ म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवम् कलाकार ब्यवस्थापन उपसमितिका संयोजक उत्तम कर्मचार्यले बेनीअनालाइनसँग भन्नुभयो ।

जिवनका हरेक मोडमा सफलता प्राप्त गर्नका लागि लगनशिलता, अध्ययनशिलता, अरुप्रतिको सदासयता र आत्मविश्वासमा भरपर्छ भन्ने उदाहरण समेत गर्बुजाले प्रस्तुत गर्न सफल भएको बताउँदै उहाँको यात्राबाट धेरैले पाठ सिक्नुपर्ने उनको भनाई छ । महोत्सवको दोस्रोदिन राष्ट्रिय कलाकार देवी घर्ती, राम्जी खाँड, विमला श्रीष, नक्कली धुर्मुस राजेन्द्र नेपाली र युवराज भण्डारी, स्थानिय कलाकार मिलन बानियाँ, राम गगन लगाएतले आफ्नो प्रस्तुती गरेका थिए । खुल्लामञ्चमा खचखच भरिएका दर्शकले आफ्नो समुह बनाएर मनोरञ्जन गरेका थिए । हरिकृष्ण गौतम