म्याग्दी महोत्सवको दोस्रो दिन

पाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक ब्यापार मेलाको दोस्रो दिन दर्शकको चाँप बढ्दै गएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवको दोस्रा दिन करिव १ लाख ४० हजारको टिकट विक्री भएको छ ।

???????????????????????????????महोत्सवको अवलोकन गर्न जिल्लाका विभिन्न ग्रामिण क्षेत्रका साथै बागलुङ, पर्वत, कास्कीबाट समेत दर्शक आएका छन् ।स्थानिय तथा राष्ट्रिय रुपमा ख्याती प्राप्त लोकगायक खड्ग गर्बुजा लगाएतको प्रस्तुती, हेलिकप्टर सयर, कालिगण्डकीमा र्याफटिङ, मिनि चिडियाखानामा रहेको अस्ट्रिज, अजिंगर लगाएतका पंक्षीको अवलोकनका साथै स्थानिय तथा आयातीत उत्पादनको खरिदविक्री भइरहेको छ । महोत्सवालाई ब्यवस्थित गर्न आयोजकले महोत्सवस्थलमा प्रहरीको सहयोगमा सुरक्षा तथा स्वयमसेवक समेत परिचालन गरेको छ भने स्वास्थ्य शिविर, पशु शिविर लगाएतका अत्यावसेक सेवा समेत महोत्सवस्थल भित्रबाटै उपलब्ध गराएको छ ।
???????????????????????????????
शनिबार देखि एकल नृत्य प्रतियोगिता सहित अन्य प्रतियोगितात्मक कार्यहरु समेत सुरु गरिएको छ । महोत्सवलाई ब्यवस्थित गर्न प्रहरीले सादा पोसाकमा प्रहरी समेत परिचालन गरेको छ । टिकट चेकजाँचमा बागलुङ बहिरा संघका विद्यार्थीलाई परिचालन गरिएपछि सहज आवतजावत भइरहेको छ भने चुवावत समेत रोकिएको छ । महोत्सवमा स्थानिय लोपउन्मुख नृत्य समेत प्रस्तुत गरिएको छ । महोत्सवस्थल बाहिर रहेको रमाइलो मेलामा दर्शकको भिड लागेको छ । महोत्सवमा राष्ट्रियस्तरका कलाकारका साथै चर्चित गायक प्रशान्त तामाङले समेत आफ्नो प्रस्तुती दिने भएकाले पनि महोत्सवमा आर्कषण बढेको हो ।