म्याग्दी महोत्सवमा सम्झेर आउनुहै बेनी बजार..

म्याग्दीका कलाकार तथा सञ्चारकर्मी सञ्जन बोहोराको लोक दोहोरी गित एल्बम सम्झेर आउनुहै बेनी बजारको शुक्रबार लोकार्पण गरिएको छ । पाँचौ म्याग्दी महोत्सव उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उद्योगमन्त्री महेश बस्नेतले गिती एल्बमको सिडी लोकार्पण गर्नुभएको हो । बेनीको म्याग्दी काली एफ एममा कार्यरत बोहोराको उक्त गितमा म्याग्दीको पर्यटकीय स्थल, कला र संस्कृती एवं प्राकृतिक सौन्दर्यताको बिषयबस्तुलाई समेटेको छ ।
???????????????????????????????
गितले म्याग्दीको प्रचारप्रसार गरि पर्यटन प्रर्वद्धन र लोक संस्कृतीको संरक्षणमा सहयोग मिल्ने कलाकार बोहोराले बताउनुभयो । बोहोराले लय तथा शब्द रचना गर्नुभएको उक्त गितलाई जेआरसी मिडिया मिडियाले बजारमा ल्याएको हो । गितका गायक समेत रहेका बोहोरालाई म्याग्दीकै गायीका निर्मला गर्बुजाले साथ दिनुभएको छ ।

म्याग्दीकालि एफएमका कार्यक्रम प्रस्तोता समेत रहेका बोहोराले विगतमा समेत जिल्लाका चिनारीहरुलाई लक्षित गरेर एल्बव सार्वजनिक गर्ने गरेका छन् । पछिल्लो समय सञ्चारक्षेत्रमा सक्रिय युवाहरुले ब्यवसायीक रुपमा एल्बम सार्वजनिक गर्नेगरेका छन् । एल्बममा समावेश गरिएको गितले महोत्सका साथै जिल्लाको पर्यटकीय सम्भावनालाई समेत उजागर गर्न मदत मिल्ने म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्यले बेनीअनलाइनलाई बताउनुभयो